Sharing is caring!

सेतीमादी संवाददाता
दमौली २० पुस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले परापूर्व कालदेखि मान्दै आएको नेपालको र हिन्दु सभ्यता र संस्कार देशको विशिष्ट पहिचान रहेको बताएका छन् ।

सो कुरा बिहिवार तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईको प्रथम शुक्लागण्डकी महोत्सवको समापन कार्यक्रममा बताएका हुन् । पछिल्लो समय सरकारको गतिविधिले धार्मिक र भूगोलको द्वन्द्व हुने संकेत देखिएको हुनाले यस्ता खतरनाक विभाजन हुने संभावना रहेको सम्पूर्ण नेपाली एकतामा बाँधिनुपर्ने आवश्यकता रहेको पूर्वमन्त्री भण्डारीको भनाइ थियो ।
दमौली र पोखराको सडक ६ लेनको बनाउनुपर्ने र गण्डकी प्रदेशको राजधानी संग जोडिएको स्थान अर्थात विकासको दृष्टिकोणले महत्वपूर्ण ठाउँ रहेको पनि भण्डारीको भनाई थियो ।

यस क्षेत्रका धार्मिक स्थलहरू अकला मन्दिर, तिनखोले मन्दिर र ढोरवराही मन्दिर इतिहास देखिको मठ मन्दिरमा पर्यटन प्रवद्र्धन गर्नुपर्ने उनको भनाई थियो। सरकारले सुकुम्बासी र बेरोजगारी समस्या चाडै समाधान गर्ने लाग्नुपर्ने समेत भण्डारीले बताएका थिए । आफू जिल्लाको विकास र समृद्धिमा जिम्मेवार रूपमा लाग्ने समेत उनको भनाई थियो।

बजार इकाईका सभापति तथा महोत्सवका मूल संयोजक राजकुमार वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, तनहुँ उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका उपाध्यक्ष कृण्णराज पण्डित, तउवा संघ तनहुँका अध्यक्ष मानकाजि श्रेष्ठ, वडा अध्यक्ष शिवकुमार श्रेष्ठ लगायतले बोलेका थिए । ११ दिनसम्म जारी महोत्सवमा करिब १ करोड भन्दा माथि आर्थिक कारोबार र १ लाख भन्दा बढी दर्शक आएका प्रवक्ता हरि खड्काले जानकारी दिए। नेता भण्डारी ५ दिनसम्म जिल्लाको विभिन्न कार्यक्रममा सहभागी भएर बिहिवार राजधानी फर्किएका छन्।

 
 
 
shares