Sharing is caring!

दमौली ३ जेठ । बिहिबार साँझ आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा विद्युत्त सेवा अवरुद्ध हुन पुगेको छ ।

खासगरी दमौली देखि डुम्रे सडक खण्डमा हावाहुरीले बढी क्षति पुरयाउँदा विद्युत्त सेवा अवरुद्ध हुन पुगेको छ । नेपाल विद्युत्त प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए अनुसार ठाउँ ठाउँमा रुख ढलेर बिजुलीको तार चुड्न पुग्दा विद्युत्त सेवा अवरुद्ध हुन पुगेको हो । प्रमुख गोशलीका अनुसार हावाहुरीका कारण ६० वटा एलटी बोर्ड क्षति हुन पुगेको छ । यसका अलावा विद्युत्त पोल ढल्ने र तार चुड्ने समेत हुने गरेको छन् ।प्रारम्भिक रिपोर्ट अनुसार हावाहुरीका कारण ३० लाख भन्दा बढीको क्षति हुन पुगेको छ भने क्षतिको विवरण आउने क्रम जारी रहेको छ ।


त्यस्तै हावाहुरीका कारण लमजुङ हाइड्रो पावरहरुमा उत्पान भएको विद्युत्त प्रशारण लाइन वितरण गर्न समेत समस्या भएका कारण थप क्षति बेर्होनु परेको छ । यद्यपी शुक्रबार भने यो समस्यालाई समाधान गरिएको प्रमुख गोशलीले बताए ।यसैबीच हावाहुरीले क्षति पुरयाएको स्थानमा मर्मत कार्य भईरहेको समेत प्रमुख गोशलीले बताए ।

अन्न बालीमा समेत व्यापक क्षति
यसैबीच बिहिबार साँझ परेको असिनापानी र हावाहुरीले जिल्लाका विभिन्न स्थानमा अन्न बालीमा व्यापक क्षति पुरयाएको छ । असिनापानी र हावाहुरीले तरकारी खेती देखि मकै लगायतका बालीमा बढी क्षति पुरयाएको छ । यता असिनापानी र हावाहुरी तरकारी खेती र अन्नबालीमा व्यापक क्षति पुरयाएपनि त्यसको एकिन विवरण भने संकलन हुन सकेको छैन ।यस अगाडि जिल्ला कृषि विकास कार्यालय मार्फत क्षति विवरणको संकलन हुन गरेको भएपनि अहिले स्थानीय तह अन्र्तगत कृषि कार्यक्रमहरु हेरिने हुँदा स्थानीय तहहरुले खासै क्षतिको विवरण संकलन गरेको अवस्था छैन । यस विषयमा कृषि ज्ञान केन्द्रका कृषि प्रचार अधिकृत मोहन श्रेष्ठ सम्र्पक गर्दा स्थानीय तहसंगको समन्वयको अभावमा क्षतिको विवरण संकलन हुन नसकि राखेको बताए ।

 
 
 
shares