Sharing is caring!

दमौली २० जेठ । आँबुखैरेनी गाउँपालिका वडा नं २ मार्किचोक स्थित मरस्याङदी नदीको ड्याममा सेनाको हवल्दारको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार डयाममा फेला परेको शव गोरखा ठिमुश्वरा स्थित रणसिङ दलमा कार्यरत सेनाका हवल्दार ईश्वर कुमालको रहेको छ । कुमाल पालुङटार ७ निवासी हुन् ।यस घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 
 
 
shares