Sharing is caring!

दमौली २ फागुन । इटालियन कम्पनी सिएमसीसंग ठेक्का सम्झौता भएसगै तनहुँ हाइड्रो निर्माण गर्ने जिम्मा पाएको सिन्हो हाइड्रोको टोलीले आयोजना स्थलको अनुगमन गरेको छ ।


आयोजना स्थलको अनुगमन गर्न ठेकेदारी टोली शुक्रबार दमौली आएको थियो ।त्यसक्रममा टोलीले जिल्लाबाट निर्वाचित प्रदेश र जिल्ला समन्वय , स्थानीय तहका जनप्रतिनिधी , राजनीतिक दलका जनप्रतिनिधी ,प्रशासन , सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकायका प्रतिनिधीहरुसंग भेटघाट गरेको थियो । टोलीले आयोजनाको निर्माण कार्य जतिसक्दो छिटो अगाडि बढाउने तयारी भईरहेको जानकारी गराएको थियो । टोलीले जतिसक्दो छिटो अगाडि बढाउने बताएसगै आयोजनाले गतिले लिने आशा तनहुँबासीले गर्न थालेका छन् ।


१ सय ५० मेगावट क्षमताको तनहुँ हाइड्रोको यसअघि सिएमसीसंग ठेक्का रद्ध हुँदा कतै आयोजना अलपत्र त पर्ने होइन भनि तनहुँबासी चिन्तित हुन पुगेका थिए । तर सिनो हाइड्रोको टोली आयोजना स्थल आएर अनुगमन गर्न थालेपछि आयोजनाले गति लिने भयो भनेर तनहुँबासी उत्साहित हुन पुगेका छन् ।

ट्रिट गरेर गयो ठेकेदार टोली

यसैबीच आयोजना स्थलको अनुगमन गर्न गएको सिनो हाइड्रोको टोलीले शुक्रबार जिल्लाबाट निर्वाचित प्रदेशका मन्त्री , जनप्रतिनिधी राजनीतिक दलका प्रतिनिधी र जिल्ला स्थित प्रशासन प्रमुखलाई ट्रिट गरेर गएको छ । यसरी काम सुरु हुन अगाडि ठेकेदार टोलीले प्रदेशका मन्त्री , जनप्रतिनिधी राजनीतिक दलका प्रतिनिधी र जिल्ला स्थित प्रशासन प्रमुखलाई भेला गरेर ट्रिट गर्नुलाई भने आम सर्वसाधारणले भने निकै चासोका साथ हेरेका छन् । सुरुमा नै ट्रिट गरेर सिनो हाइड्रोले सबैलाई आफ्नो प्रभावमा पार्न खोजेको त होइन भनि अड्कलबाजी गरिन थालिएको छ ।

 
 
 
shares