Sharing is caring!

दमौली ७ पुस । कुलेन्द्र विश्वकर्मा र विष्णु माँझीको श्वरमा रहेको सालको पातको टपरी हुनि हे बरै नहुनि सल्लैको बोलको लोक गीत नेपाली सांगेतिक आकाशमा निकै चर्चित बन्न पुगेको छ । यूटुबमा यो गीत हेर्ने दर्शकको संख्या एक करोड नाघिसकेको छ । तैपनि यो गीत सुन्ने र हेर्ने स्रोता तथा दर्शकको संख्यामा कमी आएको छैन ।

यो गीतमा प्रयोग गरिएको सालको पात लय कुनै नौलो विषय होइन ।नेपाली जनजिब्रोमा झुण्डिएको सालको पात शब्दबाट नै बनेको हो । नेपाली समाजलाई हेर्ने हो भने विवाह ,व्रतवन्ध र पूजा अर्चना गर्र्दा सालको पातबाट बनाइएको टपरी प्रयोग गर्ने गरिन्छ । त्यतिमात्र होइन १० ÷१५ बर्ष अगाडि सम्म त विवाहमा जन्ती जानेहरुले टपरीमा भतेर खाने गर्दथे । यसरी भतेर खाँदा मासुको झोल चुहिएर बारीको डल्ला भिज्ने गर्दथ्यो । भतेर खाने हरु टपरीमा रहेको एउटा दुईटा मासुको चोक्टाको भरमा भतेर खाने गर्दथे । यो विषय पछिल्ला पुस्तालाई सुुनाँउदा एकादेशको कथा जस्तो हुन थालेको छ । किनकि हिजो आज सहरमात्र होइन गाउँका विवाह र व्रतबन्धमा समेत प्लेटमा बफे सिस्टमले भोज खाने चलन सुरु भई सकेको छ ।त्यस्तै पूजापाठमा समेत कमै मात्रामा दुना टपरी प्रयोग हुन थालेका छन् ।यसरी नेपाली समाजबाट दुना टपरी लोप हुन लागेको अवस्थामा व्यास १ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालय भने दुना टपरीको संरक्षणमा जुटेको छ । दुना टपरीको संरक्षणमा जुटेको विद्यालयले आफ्नो विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई दुना टपरी लगाउन सिकाएको छ ।

पछिल्लो पुस्तालाई दुना टपरीको महत्व जानकारी उदेश्यले विद्यालयले दुना टपरी लगाउन सिकाएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत बताउँछन् । यसक्रममा विद्यालयका शिक्षिका र अभिभावकहरुले समेत साथ दिएको प्रअ वस्नेत भनाई रहेको छ । दुना टपरीको विषयमा अनभिज्ञ रहेका विद्यार्थीहरु समेत विद्यालयबाट नै दुना टपरीको सीप सिकाएको निकै हर्षित हुन पुगेका छन् । कक्षा १० मा अध्यनरत छात्रा सुस्मिता चौधरी यस किसिमको सीप सिक्न पाउँदा अत्यन्त खुसी लागेको बताउँछिन् । यसलाई भविष्यमा आय आर्जनको रुपमा प्रयोग गर्न सकिने समेत विद्यार्थी चौधरीको भनाई रहेको छ । विद्यालयले विद्यार्थीहरुलाई सिकाएको यस किसिमको सीप अत्यन्त प्रभावकारी भएको अभिभावकहरुको समेत भनाई रहेको छ ।

 
 
 
shares