Sharing is caring!

निर्वाचनका समयमा केन्द्र ,प्रदेश र स्थानीय तहका उम्मेदवार बनेका जनप्रतिनिधीहरुले विभिन्न प्रतिबद्धता जाहेर गरेका थिए ।यसका अलवा निर्वाचित भईसकेपछि पनि जनप्रतिनिधीहरुले विभिन्न कार्यक्रममा जाँदा विभिन्न प्रतिबद्धता जाहेर गरेको अवस्था छ । यसरी प्रतिबद्धता जाहेर गर्ने क्रममा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद कृष्ण कुमार श्रेष्ठले भड्खला स्थित मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत १ सय ६० विद्यार्थीहरुलाई विद्यालय पोशाक प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । तर सांसद श्रेष्ठले प्रतिबद्धता जाहेर गरेको एक बर्ष बितिसकेको छ ।एक बर्षको अवधि वितिसक्दा पनि सांसद श्रेष्ठले गरेको प्रतिबद्धता पुरा नहुँदा कतै प्रतिबद्धता आश्वसनमा सिमित हुने हो कि भन्ने आशंका विद्यार्थी र तिनका अभिभावकले गर्न थालेका छन् । यद्यपी सांसद श्रेष्ठले सोही विद्यालयका विद्यार्थी बादल भुजेलको अभिभावकत्व ग्रहण गर्ने प्रतिबद्धतालाई भने पुरा गरिरहेका छन् ।


मत्यस्यकन्या आधारभूत विद्यालयको यो घटना त एउटा उदाहरण मात्र हो जनप्रतिनिधी र राजनीतिक दलका नेताहरुले आम सर्वसाधारणलाई आफूतिर प्रभावमा पार्नका लागि विभिन्न आश्वसन दिने गर्दछन् । जुन आश्वसनमा परेर जनताले निर्वाचनमा भोट देखि अन्य समयमा समेत साथ दिने गर्दछन् ।तर जनप्रतिनिधी र नेताहरुले आम सर्वसाधारणलाई दिएको आश्वसन त्यतिकै अलपत्र पर्ने गर्दछ ।जसले गर्दा जनप्रतिनिधी र राजनीतिक दलका नेताहरु प्रति हेर्ने दृष्टिकोणमा समेत नकारात्मक भावना सिर्जना हुन पुग्दछ ।तसर्थ जनप्रतिनिधी र राजनीतिक दलका नेताहरुले पुरा गर्न सक्ने प्रतिबद्धता मात्र जाहेर गर्नुपर्दछ । आशा गरौं, सांसद श्रेष्ठले मत्स्यकन्या आधारभूत विद्यालयमा गरेको प्रतिबद्धता पुरा गर्ने विषयमा छिट्ै ध्यान दिने छन् ।

 
 
 
shares