Sharing is caring!

दमौली ९ जेठ । सहिद सरस्वतीकृष्ण श्रेष्ठकी धर्मपत्नी पार्वती श्रेष्ठको निधन प्रति काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले दुःख व्यक्त गरेका छन् । साथै श्रेष्ठ परिवार प्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

यसैबीच श्रेष्ठको बुधबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । स्वर्गीय श्रेष्ठ प्रति श्रद्धाञ्जली व्यक्त गर्न काग्रेस नेताहरु गोपालमान श्रेष्ठ , धु्रव वाग्ले र रामचन्द्र पोखरेल लगायतका नेताहरु आर्यघाट पुगेका थिए । स्वर्गीय श्रेष्ठ लामो समय देखि बिरामी रहेकी थिइन् ।

 
 
 
shares