Sharing is caring!

दमौली २४ जेठ । सफा सडकको पीच पीचको विषयलाई दमौलीबजारबासीले प्रश्न गर्न थालेका छन् ।

खासगरी पीचको गुणस्तरीयताको विषयलाई बजारबासीले गुनासो गरेका हुन् ।यसरी गुनासो गर्ने क्रममा सडक निर्माण कार्य हुँदै गर्दा पीच भत्किएको बजारबासीको गुनासो रहेको छ । यस विषयमा व्यास नगरपालिकाका वरिष्ठ इन्जिनियर राजु पौडेलसंग सम्र्पक गर्दा पीचको गुणस्तरीयता माथि प्रश्न गर्र्नुमा कुनै अर्थ नरहेको बताए । खासगरी सवारी साधान रोकेर सडक पीच गर्नुपर्ने भएपनि व्यस्त सडक भएका कारण सवारी साधान रोकेर पीच गर्न नसक्दा ठाउँमा ठाउँमा भत्किन पुगेको बताए । यसरी भत्किएको ठाउँमा पुन पीच गरिने इन्जिनियर पौडेलको भनाई रहेको छ ।

 
 
 
shares