Sharing is caring!

दमौली २३ जेठ
पृथ्वीराजमार्गको पोखरा मुग्लिङ सडक खण्ड अन्र्तगत मरस्याङदी नदी माथि पुल निर्माण कार्य सम्पन्न भएको छ ।


पुल निर्माण काय सम्पन्न भएपनि पुल र सडकको सतह नमिल्दा मुग्लिङ पुल सञ्चालनमा आउन सकिराखेको छैन ।यसैबीच केही दिन अगाडि देखि मुग्लिङ पुलको वारिपारि पट् िसडक र पुलको सतह मिलाउने काम भई रहेको छ ।यसरी सतह मिलाउने काम भईरहँदा दिउँसो ११ बजे देखि २ बजेसम्म र राती ९ बजे देखि २ बजे पृथ्वीराजमार्ग अवरुद्ध हुन पुगेको छ ।
दैनिक सयौं यात्रुहरु ओहोरदोहोर गर्ने उक्त राजमार्गमा भईरहेको कामको विषयमा आम सर्वसाधारणले चासो दिई रहेका छन् । सोही विषयको बारेमा जानकारी लिन सेतीमादी दैनिकको टोली बुधबार बिहान एक बजे मुग्लिङ पुल पुगेको थियो । सेतीमादी दैनिक टोली मुग्लिङ पुल पुग्दा डोजर, एक्साभेटर लगायतका तीन वटा निर्माण सवारी साधानबाट काम भई रहेको थियो । रातीको समयमा काम गर्नु निकै चुनौतीपूर्ण देखिन्थ्यो । तैपनि सावधानी पूर्वक सतह मिलाउने काम भईरहेको थियो ।
मुग्लिङ पुल नजिक सडक र पुलको सतह मिलाउने काम भईरहँदा तनहुँ र चितवन तर्फ सयौं सवारी साधान सडकमा रोकिन पुगेका थिए । यसरी सवारी साधान रोकिदाँ यात्रुहरु अलपत्र अवस्थामा परेका थिए । यात्रुहरुको एउटै गुनासो थियो युद्ध स्तरमा हुनुपर्ने काम कछुवा गतिमा हुँदा सास्ती भोगि रहनु परेको छ ।

 
 
 
shares