Sharing is caring!

दमौली २९ जेठ

सडकको नाला थुनिदाँ व्यास १ गल्बुवेसी स्थित सुगम आयल स्टोर्स अगाडि पृथ्वीराजमार्गको अवस्था अत्यन्त नाजुक हुन पुगेको छ ।
नाला थुनिदाँ संकलन हुन पुगेको फोहोर पानी राजमार्गमा बग्दा उक्त स्थानमा आधा दर्जन भन्दा बढी खाल्डाखुल्डी हुन पुगेका छन् । उक्त खाल्डाखुल्डीमा यतिखेर फोहोर पानी संकलन हुन थालेको छ । यसरी फोहोर पानी संकलन हुँदै गर्दा खाल्डाखुल्डी बढ्दै जान थालेको छ । साथै खाल्डाखुल्डीमा परेर राजमार्गमा दुर्घटना हुनेक्रम संग बढ्दै जान थालेको छ । यसका अलवा सवारी साधानले फोहोर पानी छयापिदाँ मोटर साइकलका यात्रु र पैदल यात्रुहरुले निकै सास्ती बेर्होनु परिरहेको छ ।
नगरक्षेत्र भित्रको व्यस्त राजमार्ग दिनप्रति दिन कन्तबिजोग हुँदै गर्दा न त सडक डिभिजन कार्यालयको ध्यान पुग्न सकेको छ न त नगरपालिकाको नै ।

 
 
 
shares