Sharing is caring!

दमौली ४ वैशाख ।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी विनोद सिलवाले जिल्लाको शान्ति सुरक्षाको अवस्था सुदृढ राख्ने विषयमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

त्यसका लागि जिल्ला सिङगो प्रहरी संगठन परिचालन गर्ने प्रमुख सिलवालको भनाई रहेको छ ।सो कुरा प्रहरी प्रमुख सिलवालले मंगलबार जिल्लामा कार्यरत सञ्चारकर्मीहरु संगको भेटघाटका क्रममा बताएका हुन् । त्यस्तै फरार अपराधीलाई प्रकाउ गरी कार्वाही गर्ने र लागू पदार्थका कारोबार नियन्त्रण गर्ने विषयमा समेत विशेष ध्यान दिने प्रमुख सिलवालको भनाई रहेको थियो । त्यसैगरी प्रहरी संगठनलाई विशुद्ध हिसाबले अगाडि बढाउने समेत प्रमुख सिलवालको भनाई रहेको छ । मेरा लागि सबै राजनीतिक दल र नागरिक समान छन् कसैलाई भेदभाव गर्दिन प्रमुख सिलवाल भने ।


त्यसैगरी प्रहरीका आन्तरिक संगठनलाई सुदृढीकरण देखि भौतिक संरचनाहरुको स्तोरोन्नति गर्ने विषयमा समेत ध्यान दिने प्रमुख सिलवालको भनाई थियो । त्यस्तै पृथ्वीराजमार्ग र ग्रामीण भेगका सडकहरुमा हुने सवारी दुर्घटना न्यूनीकरण समेत विशेष ध्यान दिने प्रमुख सिलवालको भनाई थियो ।

 
 
 
shares