Sharing is caring!

दमौैली २३ जेठ
वैदेशिक रोजगारीको अवस्था दिनप्रति दिन कहाली लाग्दो बन्दै जान थालेको छ ।
खासगरी सुन्दर सपना देखेर वैदेशिक रोजगारीमा गएकाहरुको विदेशमा नै मृत्यु हुने क्रम बढ्दै जान थालेपछि वैदेशिक रोजगारीको अवस्था कहाली लाग्दो बन्न थालेको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याङक अनुसार एक दशकको अवधिमा वैदेशिक रोजगारीमा गएका ६ हजार ७ सय ८ जनाको विभिन्न कारण ज्यान गएको छ । त्यस्तै एक दशकको अवधिमा १ हजार १ सय ७८ जना अंगभंग हुन पुगेका छन् ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार हरेक बर्ष मृत्यु हुनेको संख्या बढ्दै जान थालेको छ । कार्यकारी निर्देशक श्रेष्ठ आर्थिक बर्ष २०६५÷०६६ मा ७७ जनाको ज्यान गएकोमा आर्थिक बर्ष २०७४÷०७५ मा ८ सय २१ जनाको ज्यान गएको छ । जबकि अघिल्लो आर्थिक बर्ष ७ सय ५६ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो । त्यस्तै कार्यकारी निर्देशक श्रेष्ठका अनुसार आर्थिक बर्ष २०६५÷०६६ मा ८ जना अंगभंग भएको तथ्याङक बोर्डमा रहेकोमा यस आर्थिक बर्षमा ३ सय ६१ जना अंगभंग हुन पुगेका छन् । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार एक दशक अगाडि स्वीकृती लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २ लाख रहेकोमा अहिले ५० लाख नाघेको छ ।
यसरी वैदेशिक रोजगारीमा जाने मध्ये मलेसिया र खाँडी मुलुकमा जाने कामदारको संख्या ८६.४२ प्रतिशत रहेको छ भने बाँकी कामदारहरु अन्य मुलुकमा जाने गरेका छन् । त्यस्तै वैदेशिक रोजागारीमा गएका मध्ये १.५ प्रतिशत दक्ष, २४ प्रतिशत अर्धदक्ष, ७४.५ प्रतिशत अदक्ष कामदारको संख्या रहेको छ ।

 
 
 
shares