Sharing is caring!

दमौली २३ माघ । भानु नगरपालिका वडा नं ९ काउरेटारमा मृत अवस्थामा भेटिएका राजु वि.क.को हत्या भएको पुष्टी भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्यामु अर्यालले जानकारी दिए अनुसार वि.क.को हत्यामा मृतक वि.क.कि दिदी २८ बर्षिय मनकुमारी वि.क.,लमजुङ दोर्दी घर भई हाल भानु ९ बस्ने २४ बर्षिय आयुष वि.क, लमजुङ दुधपोखरी घर भई हाल भानु ९ बस्ने ३५ बर्षिय मनमाया वि.क. रहेका छन् । हत्यामा संलग्न तीन जनाले गत पुस १२ गते कुटपिट गरी मृत्यु भएका वि.क.लाई भानु नगरपालिका वडा नं ९ स्थित रामप्रसाद हड्खलेको खेतको इनारमा फ्याकि दिएका थिए । हत्या गरिएको वि.क.को शव माघ २१ गते फेला परेको थियो ।

यस विषयमा थप अनुसन्धान भईरहेको तनहुँका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए ।

 
 
 
shares