Sharing is caring!

नयाँ शैक्षिक सत्रको सुरुवाती सगै सामुदायिक तथा निजी विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान सुरु भएको छ । भर्ना अभियान सुरु भएसगै विभिन्न आकर्षक नारा सहित आफ्नो विद्यालयमा विद्यार्थीहरु आर्कषित गर्न सामुदायिक तथा निजी विद्यालय लागि परिरहेको अवस्था छ । भर्नाको समयमा आफ्नो विद्यालयमा विद्यार्थी आर्कर्षित गर्नु स्वभाविक विषय पनि हो ।तर कतिपयले विद्यालयले झ्टा नारा सहित विद्यार्थीहरुलाई आर्कषित गरिरहेको अवस्था छ । खासगरी विद्यार्थी भर्नाको समयमा विद्यालयहरुले गुणस्तरीय शिक्षा ,सुविधा सम्पन्न भवन, खेलकुद मैदान , प्रयोगशाला लगायतका नाराहरु दिएर विद्यार्थीहरुलाई आफ्नो विद्यालयमा तान्ने गरेको पाइन्छ । तर अधिकांश विद्यालयहरुको ति आकर्षण नारामा मात्र सिमित रहेको अवस्था छ । निजी विद्यालयको हकमा भन्ने होभ ने विद्यालयहरु साघुरा कोठा , सडक सगै रहेका निजी घरका भवनहरुमा सञ्चालन भईरहेको अवस्था छ । अन्य सुविधाको कुरै छाडिदिऊ ।

त्यस्तै सरकारले माध्यमिका तहसम्मको शिक्षा निशुल्क प्रदान गर्ने घोषणा गरेको छ ।तर अधिकांश सामुदायिक विद्यालयहरुले कुनै न कुनै शीर्षकमा शुल्क असुली रहेको अवस्था छ । त्यस्तै निजी विद्यालयहरुको हकमा भन्ने हो भने मनपरी हिसाबले रकम शुल्क रहेका छन् ।त्यसलाई एकरुपता कायम गर्नुपर्ने देखिन्छ ।तर त्यस विषयमा न त केन्द्र सरकारको ध्यान पुगेको छ न त स्थानीय सरकारको नै । शिक्षा क्षेत्रमा यस किसिमको मनपरी कति रहने हो ।त्यो यसै भन्न सकिने अवस्था छैन ।

 
 
 
shares