Sharing is caring!

दमौली २५ चैत । नेपाली काग्रेसको पहिलो चरणको जागरण अभियान शनिबार सम्पन्न भएको छ । काग्रेसको जागरण अभियान एक महिना अगाडि सुरु भएको थियो ।यसैबीच जागरण अभियान समापनका अवसरमा दमौलीमा समेत एक कार्यक्रम आयोजना गरियो ।

सो कार्यक्रममा बोल्दै काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र माथि अझै षडयन्त्र भईरहेको बताएका थिए ।लोकतन्त्रमाथि षडयन्त्र भईरहेको हुँदा काग्रेस टुलुटुलु हेरेर बस्ने नहुने वरिष्ठ नेता पौडेलको भनाई थियो ।त्यस्तै वरिष्ठ नेता पौडेलले केपी ओली नेतृत्वको वर्तमान सरकार बनेपछि मुलुकमा हत्या ,हिसां र भष्ट्रचार बढ्दै गईरहेको ठोकुवा गरेका थिए । कम्युनिष्ट सरकारले जनतालाई राहत नभई आहत मात्रै दिईरहेको पौडेलको भनाई थियो ।कम्युनिष्टको सरकार गठन भएपछि विकास निर्माण कार्य ठप्प हुन पुगेको पौडेलको भनाई थियो । नेपाली काग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधी नविन्द्रराज जोशी ,जिल्ला सभापति बैकुण्ठ न्यौपाने , पूर्व जिल्ला सभापति रघुनाथ पौडेल , जिल्ला सचिव लक्ष्मी आचार्य ,महाधिवेशन प्रतिनिधीहरु रामचन्द्र अधिकारी , मिरा जोशी , प्रदेश सांसद डोवाटे वि.क.,क्षेत्रीय सभापति राजेन्द्रकृष्ण श्रेष्ठ , व्यास नगर सभापति शान्तिरमण वाग्ले लगायतले बोलेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरि नेपाली काग्रेस प्रवेश गरेका २२ जनालाई नेपाली काग्रेसको सदस्यता प्रदान गरिएको थियो ।

 
 
 
shares