Sharing is caring!

दमौली ३ जेठ । नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष डम्बर अधिकारीले लोकतन्त्रमा जंगबहादुर शैली स्वीकार्य नहुने बताएका छन् ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जंगबहादुरको शैलीमा मिडिया काउन्सिल विधेयक पास गर्ने योजना बनाएका छन् त्यो नेपाली मिडिया जगतलाई कुनै पनि हालतमा स्वीकार्य नहुने अधिकारीको भनाई रहेको छ । सो कुरा अधिकारीले नेपाल पत्रकार महासंघ तनहुँद्धारा आज दमौलीमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा बताएका हुन् । त्यसक्रममा अधिकारीले अमेरिकाको संविधान र कानुनमा पत्रकारलाई मृत्युदण्ड सम्मको व्यवस्था गरिएको छ त्यो देखाउन समेत चुनौती दिएका थिए ।

 
 
 
shares