Sharing is caring!

दमौली ९ जेठ । राजधानीको टुडिखेल नारायणहिटी राजदरबारको दक्षिण पट्टिको भाग देखि हाल नेपाली सेनाको हेड क्वाटर रहेको इतिहासको अभिलेखालयबाट स्पष्ट हुन्छ । तर अतिक्रमण हुँदै गएपछि यतिखेर टुँडिखेल उत्तरमा रत्नपार्क र दक्षिणमा सहिद पार्कमा सिमिति हुन पुगेको छ ।त्यतिमात्र होइन केही समय अगाडि अतिक्रमित भएको संरचना नगरपालिकाले नहटाएको भए टुँडिखेल अझ साँघुरिने थियो ।बेलैमा नगरपालिकाले अतिक्रमित गरि बनाएका संरचना हटाए सगै टुँडिखेल थप अतिक्रमण हुन जोगिएको छ ।

ठिक अहिले त्यहि नियती भोग्दै छ दमौली स्थित खुल्ला मैदान पनि ।वि.स. २०२५ सालमा सदरमुकाम स्थानन्तरण गरिदाँ हालको विपि वनवाटिका , दमौली अस्पताल नजिकै खेलमैदान , हालको एसपी क्वाटर देखि शिक्षा कार्यालय सम्मको जमिन खाली अवस्थामा रहेको थियो । यसका अलवा तर अतिक्रमण हुँदै जानेक्रममा उक्त स्थानमा समेत हालको जिल्ला प्रशासन कार्यालय र क्वाटर , जिल्ला समन्वय समितिको क्वाटर , जिल्ला अदालत ,नापी शाखा ,कोष तथा लेखा नियन्त्रण कार्यालय ,तत्कालिन कर्मचारी मिलन केन्द्र (हालको जिल्ला सभा गृह हल ) लगायत अन्य कार्यालयहरु समेत निर्माण भएका छन् । जुन संरचनाहरु निर्माण भएसगै दमौलीको खुल्ला मैदान निकै साँघुरिन पुगेको थिए ।

यद्यपी दमौली अस्पताल नजिकको खुल्ला चौर र विपि वनवाटिका खुल्ला अवस्थामा रहेका थिए ।तर स्थानीय तहको निर्वाचन लगत्तै ति दुई खुल्ला चौर समेत जिल्ला समन्वय समितिले नगरपालिकालाई केही समयका लागि संरचना निर्माणका लागि हस्तान्तरण गरेको छ । नगरपालिकालाई हस्तान्तरण गरेसगै दमौली अस्पताल नजिकको चौरमा बास्केट बल कोर्ट निर्माण कार्य सम्पन्न भईसकेको छ भने बाँकी चौरलाई पार्क बनाउने भन्दै तारबार गरेर राखिएको छ । यसरी खुल्ला चौरमा पार्क बनाउने तयारी गर्दे गर्दा उक्त चौर समेत मासिने भयो भनेर दमौलीबासीले चिन्ता जाहेर गर्न थालेका छन् । त्यस्तै विपि वनवाटिकामा समेत रंगशाला निर्माण गर्ने भन्दै नगरपालिकाले डिपिआर तयार पारेको अवस्था छ । यसरी पार्क र रंगशाला निर्माण गर्ने भन्दै धमाधम खाली चौर मासिदै गर्दा पनि त्यसको संरक्षणका लागि सरोकारवालाहरु भने मौन बसिराखेका छन् ।

तर सर्वसाधारणले भने भूकम्प आउँदाको अवस्थामा सुरक्षित स्थानका लागि खुल्ला चौर संरक्षण गर्नुपर्ने दमौलीबासीको भनाई रहेको छ ।यसका अलावा विभिन्न राजनीतिक दलहरुले सभा सम्मेलन आयोजना गर्नका लागि पनि चौरहरु संरक्षण राख्नुपर्ने सर्वसाधारणको भनाई रहेको छ ।

 
 
 
shares