Sharing is caring!

दमौली १ चैत ।भानु नगरपालिका वडा न.११ नेपाली कांग्रेसका क्रियाशील सदस्य ७० वर्षीय हरिप्रसाद अधिकारीको शुक्रबार निधन भएको छ।

दिवंगत अधिकारीको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी र नेपाली कांग्रेस तनहुँ पूर्व पार्टी सभापति रधुनाथ पौडेलले संयुक्त रुपमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।

भानु नगरपालिका वडा न.११ रूपाकोटमा भण्डारी र पौडेलले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई अधिकारीको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । अधिकारीको सम्मानमा १ मिनेट मौनधारण समेत गरिएको थियो।

 
 
 
shares