Sharing is caring!

डम्बर अधिकारी

सञ्चारकर्मी रवि लामिछाने यति बेला पारिवारिक सम्बन्धका कारण सञ्चार माध्यम देखि सामाजिक सञ्चालमा हट केक बनिरहेका छन् । सायद ,सामान्य नागरिक भएको भए पारिवारिक सम्बन्धका कारण लामिछानेको पारिवारिक सम्बन्धको विषय हट केक हुने थिएन । सेलिब्रेटी भएका कारण उनको पारिवारिक सम्बन्धका विषय हट केक बन्न पुगेको हो ।

सञ्चार माध्यममा सार्वजनिक भए अनुसार केही समय अगाडि रवि र ईशाले २५ बर्ष लामो वैवाहिक सम्बन्धलाई अत्य गर्दे सम्बन्ध विच्छेद गरेका छन् । सम्बन्ध विच्छेद भए लगत्तै ईशा अमेरिका उडेकी थिइन् । जहाँ ईशा रविबाट जन्मिएकी दुई छोरीहरुको साथमा बस्दै आएकी छन् । रवि संग सम्बन्ध विच्छेद गरेर ईशा अमेरिका पुगेको केही समय बित्न नपाउँदै रविले आफ्नो फेसबुक मार्फत पूर्व पत्नी भई सकेकी ईशासंगको सम्बन्धलाई जोडेर स्टयास लेखे ।जुन स्टटयासले नेपाली समाजमा एक किसिमको तरङग नै उत्पन्न हुन पुग्यो र त्यसको प्रभाव अझै केही दिनसम्म रहने निश्चित छ ।

रविले फेसबुक मार्फत आफ्नो पारिवारिक सम्बन्धका विषयमा केही कुराहरु सार्वजनिक गरेका छन् । त्यसक्रममा रविले सफल प्रेम देखि असफल वैवाहिक जीवनका बारेमा बताएका छन् । त्यस्तै पूर्वपत्नीको डिप्रेसन देखि सोफामा सुतेर कयौं रात विताएको प्रसङग सार्वजनिक गरेका छन् । रविले आफ्नो पारिवारिक विषयमा जति कुरा सार्वजनिक गरेका छन् त्यसले उनी माथि लाग्न सक्ने आरोपहरुको सफाई लिन मद्धत पुगेको देखिन्छ । त्यसलाई एक हिसाबले सकारात्मक रुपले हेरिनु पर्दछ ।त्यतिमात्र होइन रविले फेसबुक मार्फत ईशासंगको सम्बन्धमा दरार उत्पन्न भएपछि विदेशी महिला संग लिभिङ टुगेदर बसेको र उनीबाट एक सन्तानको जन्म भएको विषय समेत सार्वजनिक गरेका छन् । तत्कालिन समयमा नेपालको कानुनलाई हेर्ने हो भने रविबाट जुन कार्य भएको छ त्यो सरासर गलत छ तर उक्त विषय रवि अमेरिकी नागरिकको हैसियतमा रहेको र विदेशी महिलासंग भएको हुँदा नेपालको कानुनसंग कुनै सरोकारको विषय हुन पुगेन । तैपनि रविले विदेशी महिलाबाट पनि एक सन्तान जन्माएको प्रसङग सार्वजनिक गरेको हुँदा ति विदेशी महिलाबाट जन्मिएको सन्तानको बेलैमा अभिभावकत्व ग्रहण गर्न मेरो सुझाव रहेको छ । अन्यथा केही दिन अगाडि एक विदेशी महिला आफ्नो बाबुको फोटो लिएर सिधा कुरा जनतासंग आए जस्तै भविष्यमा रविले विदेशी महिलाबाट जन्माएको सन्तान उनलै सञ्चालन गर्ने कार्यक्रम सिधाकुरा जनतासंग नआउलान् भन्न सकिदैन । विदेशी महिलाबाट जन्मिएको सन्तानको मात्र नभई ईशाबाट जन्मिएका दुई छोरीहरुले उच्च शिक्षा हासिल र वैवाहिक जीवनमा नबाँधिएसम्म अभिभावकत्व ग्रहण गर्ने विषयमा समेत रवि सचेत हुनुपर्दछ । यद्यपी छोरीहरु पूर्वपत्नी ईशासंग बसेपनि अभिभावकत्वमा कुनै कसर बाँकी नराख्ने उद्घोष गरेका छन् ।यसबाट के प्रस्ट हुन्छ भने छोरीहरुलाई अभिभावकत्व ग्रहण गर्ने विषयमा रवि सजग छन् । यो रविको सकारात्मक पक्ष हो ।

यही बीचमा रविकी पूर्वपत्नी ईशाले पनि सञ्चार माध्यम मार्फत रविसंगको सम्बन्धका विषयमा केही कुरा सार्वजनिक गरेकी छन् । यसरी सार्वजनिक गर्ने क्रममा ईशाले आफू डिप्रेसनको रोगी कसरी हुन पुगे भन्ने देखि रविलाई चौथो सम्बन्धका लागि शुभकामना दिएको अवस्था छ । त्यतिमात्र होइन रविप्रति सम्बन्ध विच्छेद पनि आफ्नो सम्मान त्यतिकै रहेको बताएकी छिन् । त्यस्तै ईशाले एक श्रीमती र परिवारको भावना नबुझ्ने पतिका रुपमा समेत रविलाई चित्रित गरेकी छन् । यसैबीच ईशाले सञ्चार माध्यममा केही बोले लगत्तै फेरी रविबाट अन्य परपुरुष संग ईशाको सम्बन्ध रहेको भन्ने खालको सामाग्री सार्वजनिक हुन पुगेको छ ।

सगै जिउने सगै मर्ने बाचा कसम खाएर प्रेम सम्बन्ध पछि वैवाहिक जीवनमा बाँधिएका रवि र ईशा बीच पारिवारिक सम्बन्धमा यस किसिमको दरारको अवस्था कसरी सिर्जना हुन पुग्यो ।यो यतिखेर आम सर्वसाधारण बीच चासोको विषय बनिरहेको छ । चासोको विषय बन्नु स्वभाविक विषय पनि हो । खासगरी रवि र ईशाबीच यस किसिमको दरार अवस्था सिर्जना विश्वासको खडेरी नै हो । किनकि रवि र ईशाबीच विश्वासको खडेरी नपरेको हुँदा सम्बन्ध विच्छेदको अवस्था सम्म पुग्ने थिएन । यसबाट के प्रस्ट हुन्छ भने प्रेम सम्बन्ध हुँदै वैवाहिक जीवनमा बाँधिन पुगेका रवि र ईशा विश्वास कायम गर्न भने अवश्य चुकेका हुन् ।यदि त्यसो नहुँदो हो त रवि र ईशा सम्बन्ध विच्छेद गर्ने अवस्था सम्म पुग्ने थिएन ।

भनिन्छ ,श्रीमान् श्रीमती एक रथका दुई पाङग्रा हुन ।एउटा रथमा खराबी भएको खण्डमा रथ अगाडि बढ्नै सक्दैन । रथका दुई पाङग्रा रुपी रवि र ईशा कसमा खराबी थियो त्यो त कि भगवानलाई थाहा कि त उनीहरुलाई नै । हरेक श्रीमतीको चाहना हुन्छ आफ्नो श्रीमान् समयमा नै घर आओस् ।विदा लगायतका चाडपर्वको समयमा आफू लगायत परिवारका सदस्यसंग बसोस अनि घुम्न लैजाओस्।त्यसमा पनि प्रेम विवाह मार्फत वैवाहिक जिवनमा बाँधिएका महिलाहरुको चाहना त झन बढी नै हुने गर्दछ । रविकी पूर्व पत्नीले सञ्चार माध्यममा व्यक्त गरेको अभिव्यक्तिबाट पनि त्यही अपेक्षा गरेको पाइन्छ ।तर रविले सञ्चार क्षेत्र अगालेको हुँदा रविकी पूर्व पत्नीको चाहना त्यतिकै बिलिन हुन पुगेका देखिन्छ । पेशा सगै आफ्नी श्रीमती र परिवारका सदस्यलाई समय दिन नसक्नु रविको पनि कमजोरी हो र रविकी पूर्व पत्नीले श्रीमानको पेशालाई बुझ्न नसक्नु पनि उनको अर्को कमजोरी हो । किनकि पत्रकारिता पेशा अरु जस्तो पेशा हो भनेर कसैले सोच्छ भने त्यो सरासर मुर्खता हो । रवि र उनकी पूर्व पत्नी बीचको आरोप त्यतिमात्र सीमित छैन ।उनीहरुले एकले अर्काका चरित्र माथि प्रश्न चिन्ह समेत उठाएका छन् । उनीहरुको चरित्रमा को कति इमान्दार छ त्यो त उनीहरुले महसुस गर्ने विषय हो ।

सञ्चारकर्मी रवि र उनकी पूर्व पत्नीबीचको सम्बन्ध विच्छेदको घटनाले नेपाली समाजमा जुन किसिमको तरङग उत्पन्न भएको छ ।त्यसबाट नेपाली समाजले पाठ सिक्नु भने जरुरी छ ।किनकि परिवारलाई राम्रो संग बुझ्न सकिएन भने जतिसुकै चर्चित व्यक्ति भएपनि उनीहरुको सम्बन्ध विग्रन कत्तिबेर लाग्दैन ।त्यसैले यो घटनाबाट नेपाली समाजले पाठ सिक्नु जरुरी देखिन्छ ।

सञ्चारकर्मी रवि र उनकी पूर्वपत्नी ईशाले सञ्चार माध्यम र सामाजिक सञ्चालमा जुन आरोप प्रत्यारोप गरेका छन् ।त्यसलाई तत्काल बन्द गर्नु बुद्धिमता हुनेछ ।किनकि उनीहरु यसरी आरोप्रत्यारोपमा उत्रर्दै गर्दा उनीहरुका दुई छोरी र परिवारका सदस्यहरुलाई समेत मानसिक रुपमा पीडा भोग्नु पर्ने अवस्था सिर्जना हुनेछ । अन्तमा, रवि र ईशा दुबैलाई सफल जीवनको शुभकामना ।

 
 
 
shares