Sharing is caring!

दमौली १ चैत । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्धित गरेसगै देशव्यापी रुपमा निगरानी बढाई रहेको छ ।

यसरी निगरानी बढाउने क्रममा तनहुँमा समेत प्रशासनले विप्लवका गतिविधिलाई बढी निगरानी गरेको छ । यसैक्रममा केही दिन अगाडि प्रहरी विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य प्रेम शाहीलाई प्रकाउ गरी कार्वाही प्रक्रिया अगाडि बढाएको समेत छ ।त्यस्तै अन्य नेता तथा कार्यकर्तालाई प्रकाउको सूचीमा राखेको छ । प्राप्त जानकारी अनुसार देशव्यापी रुपमा विप्लवका गतिविधीलाई प्रशासनले चासोका साथ लिईरहेको भएपनि तनहुँ भने प्रशासनको बढी निगरानीमा परेको अवस्था छ । यसरी तनहुँ प्रशासनको बढी निगरानीमा पर्नुको मुख्यकारण विप्लव नेतृत्वको नेकपाको केन्द्रीय राजनीतिमा तनहुँका नेता डम्बरबहादुर वि.क. रहनु बुझिन आएको छ । नेता वि.क.सुरु देखिनै विप्लव नेतृत्वको नेकपाको राजनीतिमा सक्रिय रहँदै आएका थिए ।

खासगरी वि.क.विप्लव नेतृत्वको केन्द्रीय राजनीतिमा सहभागी भएपछि तनहुँको दक्षिणी भेगमा विप्लव नेतृत्वको नेकपाको बढी प्रभाव रहेको छ । वि.क. त्यसक्षेत्रको बासिन्दा भएका कारण पनि दक्षिण भेगमा विप्लव नेतृत्वको नेकपाको वर्चस्व रहेको हो ।यसैबीच प्रशासनको निगरानी बढेसगै विप्लव नेतृत्वको नेकपाका जिल्ला स्तरीय नेता कार्यकर्ता सम्र्पक बिहिन हुने क्रम बढ्दै जान थालेको छ ।
तनहुँमा पनि बन्दको प्रभाव
यसैबीच विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव बिहिबार तनहुँमा पनि पूर्ण रुपमा परयो ।

बन्दका क्रममा सवारी साधान ठप्प हुन पुगेका थिए भने बजार खुलेका थिएनन् ।

बन्दलाई लक्षित गर्दे प्रशासनले सदरमुकाम दमौली लगायत जिल्लाका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारेको थियो । प्रहरी प्रमुख सिद्धि विक्रम शाहका अनुसार बन्द अवधिभर कुनै पनि अप्रिय घटना भएको छैन ।

 
 
 
shares