Sharing is caring!

दमौली २३ पुस । गण्डकी प्रदेशका हालका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ बीच पार्टी भित्र खासै राम्रो सम्बन्ध रहेको थिएन ।

त्यसमा पनि दुबै जनाले मुख्यमन्त्रीको दाबेदारी गरेपछि त झन गुरुङद्धय बीच एकले अर्कोलाई कसरी पछाडि पार्ने भन्ने आन्तरिक खेल भईरहेको थियो । तर खेलमा पृथ्वी सुब्बा गुरुङगले बाजी मारे र गण्डकी प्रदेशको मुख्य मन्त्रीको जिम्मेवारी पाए । पृथ्वी सुब्बाले मुख्य मन्त्रीको जिम्मेवारी पाएसगै किरण गुरुङ केही समय प्रदेश सांसदको हैसितमा रहन बाध्य भए । मुलुक संरचना जानु अगाडि केन्द्रीय सरकारको वनमन्त्रीको जिम्मेवारी सम्हाल्लेका गुरुङलाई प्रदेश सांसदको पद निल्नु न ओकल्नु हुन पुग्यो । तर पनि गुरुङगले बाहिरी रुपमा असन्तुष्टी पोखेनन् । उता मुख्यमन्त्रीको जिम्मेवारी पाएका पृथ्वी सुब्बा गुरुङ भित्र भने किरण गुरुङगलाई पछाडि पार्दे मुख्यमन्त्री बन्न सफल भएकोमा एक किसिमको दम्भ बढ्दै गयो । त्यो बीचमा मुख्यमन्त्री गुरुङगले हालका आर्थिक मामिला गुरुङगलाई भित्तैमा पुरयाउने योजना पनि बनाएका थिए ।तर पार्टी भित्र र छिमेकी जिल्ला तनहुँका नेकपाका नेताहरुको दबाबका कारण किरण गुरुङगलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ किरण गुरुङगलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिन बाध्य भए । किरण गुरुङगलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिदै गर्दा मुख्यमन्त्री गुरुङ भित्रि रुपमा भने खुसी थिएनन । किरण गुरुङ प्रति मुख्यमन्त्री गुरुङ भित्रि रुपमा खुसी नभएपनि आर्थिक मामिला मन्त्री गुरुङको प्रोफाइलका कारण प्रदेश सरकारको वरियतामा दोस्रो स्थानको जिम्मेवारी समेत आर्थिक मामिला मन्त्री गुरुङगले नै पाएको अवस्था छ । जुन विषय प्रति मुख्यमन्त्री गुरुङ भित्रि रुपमा खुसी छैनन । जसले गर्दा मुख्यमन्त्री गुरुङग भित्रि रुपमा आर्थिक मामिला मन्त्री गुरुङ प्रति डोमिनेटको व्यवहार गर्ने गरेका छन् । यस किसिमको व्यवाहर मुख्यमन्त्री गुरुङगले मात्र नभई उनी निकटका व्यक्तिहरुले समेत गर्ने गरेको पाइएको छ ।


जसको ज्वलन्त उदाहरणका रुपमा आइतबार दमौलीमा आयोजित आवधिक योजना तर्जुमाका लागि जिल्ला स्तरीय छलफल तथा सुझाव संकलन कार्यशाला गोष्ठीमा समेत मुख्यमन्त्री निकट प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेलले आर्थिक मामिला तथा योजना मन्त्री गुरुङ प्रति गरेको व्यवहारलाई लिन सकिन्छ । उक्त कार्यशालामा उपाध्यक्ष पौडेलले दोस्रो वरियतामा रहेका मन्त्री गुरुङलाई वाइपास गर्दे आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमनलाई प्रमुख अतिथी बनाएका थिए । जुन विषय प्रति आर्थिक मामिला मन्त्री गुरुङगले आपत्ति जनाएका थिए । मन्त्री गुरुङगले आपत्ति जनाउँदा समेत उपाध्यक्ष पौडेल टसमस भएका थिएनन् । उपाध्यक्ष पौडेल टसमस नभएको देख्दा आर्थिक मामिला तथा योजना मन्त्री गुरुङगको वरियता लत्याउने निर्देशन मुख्यमन्त्रीबाट नै भएको हुनसक्ने अनुमान कार्यक्रमका सहभागीहरुले समेत गरेका थिए ।

यस्तो छ खटपटको कारण
मुख्यमन्त्री गुरुङ र आर्थिक मामिला मन्त्री बीच खटपटको मुख्य कारण मुख्यमन्त्री नै हो । दुबैले मुख्यमन्त्री बन्न चाहेका थिए । तर आर्थिक मामिला मन्त्री गुरुङ मुख्यमन्त्रीको दौडमा पछाडि परे । आर्थिक मामिला मन्त्री गुरुङ तत्कालका लागि पछाडि परेपनि मैदानबाट पछाडि हटि सकेको अवस्था छैन । यो पाँच बर्षको अवधिमा पार्टी भित्र चलखेल गर्न सकेको खण्डमा आर्थिक मामिला मन्त्री गुरुङ मुख्यमन्त्री बन्ने सम्भावना त्यतिकै रहेको छ । खासगरी आर्थिक मामिला मन्त्री गुरुङ लामो समय पार्टीका वरिष्ठ नेता वामदेव गौतम निकट रहँदै आएको भएपनि पछिल्लो समयमा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट भएपछि मुख्यमन्त्री गुरुङ आर्थिक मामिला मन्त्री गुरुङसंग त्रसित हुन पुगेका हुन् । यसरी त्रसित हुन पुगेका मुख्यमन्त्री गुरुङगले आर्थिक मामिला मन्त्री गुरुङगलाई मन्त्रिमण्डलबाट हटाउने भित्रि खेल समेत खेल्न थालेका छन् । यसरी भित्रि खेल खेल्न थालेका मुख्य मन्त्री गुरुङगले अन्य मन्त्रिहरुलाई लिफ्ट दिन थालेको समेत बुझिएको छ ।

 
 
 
shares