Sharing is caring!

भिमाद ०२ जेठ । काग्रेसको जागरण अभियान अन्र्तगत बुधबार भिमादमा क्षेत्र नं २ को क्षेत्रीय भेला भएको छ ।
सो भेलामा बोल्दै केन्द्रीय प्रतिनिधी एवं केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जागरण अभियान सगै काग्रेस कार्यकर्तामा थप उत्साह जागेको बताएका थिए ।साथै के.स. जोशीले जागरण अभियानले काग्रेस थप मजबुत बनेर जानेमा समेत जोड दिएका थिए । त्यस्तै के.स. जोशीले वर्तमान सरकारले जनताको हितमा कुनै पनि काम गर्न नसकेको समेत बताएका थिए ।
कार्यवाहक क्षेत्रीय सभापति झुलबहादुर आलेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने ,कार्यवाहक सभापति जीतप्रकाश आले ,पूर्व पार्टी एवं पूर्व सांसद सभापति धु्रव वाग्ले , पूर्व सांसद रामचन्द्र पोखरेल , क्षेत्रीय सभापति राजेन्द्रकृष्ण श्रेष्ठ , किसान गुरुङ,माया राना ,पवित्रा पौडेल , बालकृष्ण घिमिरे , इन्द्रबहादुर आले ,चुडामणि खनाल लगायतले बोलेका थिए । यसैबीच जागरण अभियान अन्र्तगत आज क्षेत्र नं १ को डुम्रेमा आज कार्यक्रम हुँदैछ ।

 
 
 
shares