Sharing is caring!

दमौली ६ असार । भानुभक्त प्राणी उद्यानले गति लिन थालेको छ । यसरी गति लिने क्रममा तारबार र भवन निर्माणको कार्य अगाडि बढेको छ ।त्यस्तै मुआब्जाका लागि तथ्याङक संकलन गर्ने कार्य समेत भईरहेको छ ।

भानुभक्त प्राणी उद्यानका प्रमुख विरेन्द्र प्रसाद कंडेलले जानकारी दिए अनुसार २ करोड ७६ लाखको लागतमा तारबार गर्ने काम सुरु भएको छ ।कुल १९ किलोमिटर तारबार गर्नुपर्ने भएपनि पहिलो चरणमा करिब १४ किलोमिटर क्षेत्रमा तारबारको काम हुँदैछ ।त्यसैगरी प्राणीउद्यानको कार्यालय भवन निर्माण कार्य समेत अगाडि बढेको छ । प्रमुख कंडेलका अनुसार १ करोड ६८ लाखको ८४ हजारको लागतमा भवन निर्माण कार्य अगाडि बढेको छ ।त्यसैगरी प्रमुख कंडेलका अनुसार प्राणी उद्यान क्षेत्र भित्र रहेका जग्गाको मुआब्जा वितरणका लागि तथ्याङक संकलन गर्ने कार्य समेत भईरहेको छ ।यसक्रममा १ सय २४ घर धुरीले मुआब्जाका लागि कागजपत्र पेस गरेका छन् । यसैबीच भानुभक्त प्राणी उद्यानको गुरुयोजनाका लागि विभिन्न तहमा प्रस्तुती गरी सल्लाह सुझाव लिने काम भईरहेको समेत प्रमुख कंडेलले बताए । गुरुयोजना निर्माण पछि संरचना निर्माण तर्फ ध्यान दिने प्रमुख कंडेलको भनाई रहेको छ । प्राणी उद्यान निर्माण सम्पन्न भएसगै विभिन्न प्रजातिका वन्य जन्तु राखिने प्रमुख कंडेलको भनाई रहेको छ । वन्यजन्तु र जैविक विविधतालाई अवलोकनका लागि ठूलो संख्यामा पर्यटक भित्रयाउने लक्ष्य राखिएको प्रमुख कंडेलको भनाई रहेको छ । खासगरी पर्यटकको सुविधा र आकर्र्षणका लागि भानुभक्त प्राणी उद्यान क्षेत्रमा केबलकार , जंगल सफारीका सडक मार्ग निर्माण गर्ने लक्ष्य राखिएको समेत प्रमुख कंडेलले बताए ।

कुल ४ सय २५ हेक्टर क्षेत्रफल ओगटेको यो प्राणी उद्यानले भानु नगरपालिकाको वडा नं ५ र ६ तथा व्यास नगरपालिकाको ११ र १२ नम्बरको वडालाई समेटिएको छ । तत्कालिन वनमन्त्री शंकर भण्डारीको विशेषमा पहलमा वि.स. २०७३ माघ २० गते नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत तथा २०७४ वैशाख १८ मा राजपत्रमा प्रकाशित गरि भानुभक्त प्राणी उद्यान स्थापना गरिएको थियो । भानुभक्त प्राणी उद्यानको निर्माण कार्यलाई जतिसक्दो छिटो सम्पन्न गर्नुपर्नेमा जिल्लाबासीले जोड दिएका छन् ।

 
 
 
shares