Sharing is caring!

दमौली ३० जेठ

भानु नगरबासीहरुमा नरभंक्षी बाघको त्रास कायमै रहेको छ ।
नरभंक्षी चितुवाले एक पछि अर्को गरी ४ जना बालबालिकाको ज्यान लिएसगै स्थानीय वासिन्दा त्रसित हुन पुगेका हुन् ।
त्यसमध्ये पनि नगरपालिकाको भकुन्थोक, ठूलो बगैचा, नारेश्वरटार क्षेत्रका स्थानीय बासिन्दाहरु बढीात्रामा त्रसित हुन पुगेका हुन । नरभंक्षी चितुवाको त्रासका कारण स्थानीयहरु साँझ र रातीको समयमा घरबाहिर निस्कन डराउने गर्दछन् । त्यसैगरी नरभंक्षी चितुवाको त्रासका कारण बालबालिकाहरु विद्यालय जान र आउन समेत डराउन थालेका छन् ।
नरभंक्षी चितुवाको त्रास बढेसगै भानुमा बालबालिका र जेष्ठ नागरिकहरुले बढी मात्रामा असुरक्षित भएको महसुस गर्न थालेका छन् । कुनैपनि बेला नरभंक्षी चितुवाले आक्रमण गर्न सक्ने उनीहरुको भनाई रहेको छ । नरभंक्षी चितुवालाई नियन्त्रणमा लिने विषयमा प्रशासन र वन कार्यालय विशेष ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ ।


सन्तान भन्दा ठूलो राहत होइन — पीडित परिवार
यसैबीच केही समय अगाडि चितुवाको आक्रमण परी छोरी गुमाएकी सरस्वती बसेलले सन्तान भन्दा ठूलो राहत नहुने बताएकी छन् । सरकारले दिएको राहत लिएपनि सन्तान गुमाउनु पर्दा भित्रभित्रै ठूलो पीडा भएको बसेलले बताइन् । नरभंक्षी चितुवालाई बेलैमा नियन्त्रणमा लिईदिएको भए आफू र यस क्षेत्रका अन्य अभिभावकहरुले सन्तान गुमाउने अवस्था सिर्जना नहुने समेत बसेलले बताइ्न ।

 
 
 
shares