Sharing is caring!

दमौली २७ माघ । चर्चित हास्य टेलिश्रृङखला भद्रगोलमा केस मुण्डन गरेर बलेको श्रीमती बनेर अभियनमा गर्ने अनुमति नेपाली यतिखेर निकै चर्चाको शिखरमा रहेकी छन् ।

त्यसमा पनि नेपालीले साच्चै केस मुण्डन गरेकी होलिन् कि देखावटी मात्र होला भन्ने जिज्ञासा आम दर्शकहरु माँझ रहेको छ । त्यस्तै आम दर्शकका माँझ चर्चाको शिखरमा रहेकी नेपाली कहाँकी होलिन् भन्ने जिज्ञासा समेत दर्शकहरु माँझ रहेको छ । अनुमति नेपालीका विषयमा आम दर्शकलाई विभिन्न कौतुहता जागिरहेको बेला नेपाली व्यक्तिगत जीवनका विषयमा सेतीमादी दैनिकले केही विषय सार्वजनिक गर्न गईरहेको छ।

कलाकारिताको क्षेत्रमा निकै चर्चाको शिखरमा रहेकी नेपाली व्यास नगरपालिका वडा नं १३ पोखरीभञ्ज्याङग निवासी बासिन्दा हुन् । सामान्य परिवारमा जन्मिएकी नेपाली विद्यालय तह देखि नै कलाकारिता क्षेत्रमा लागेको भएपनि २०६७ सालमा एस.एल.सी. उतीर्ण गरेपछि कलाकारिता क्षेत्रमा सक्रिय रुपमा लागेकी थिइ्न । नेपाली म्यूजिक भिडियो ,गु्रप डान्स हुँदै टेलिसिरियलमा प्रवेश गरेकी थिइन् । नेपालीले हर्के हवल्दार , रिसानी माफ र झयाईकुटी झयाई लगायतका टेलिसिरियल अभियन गरिसकेकी छन् ।

 
 
 
shares