Sharing is caring!

दमौली १० चैत । नेपाली काग्रेस र फोरम लोकतान्त्रिक एकीकरणका क्रममा काग्रेसको महासमिति सदस्य बनेका तत्कालिन फोरम लोकतान्त्रिक अध्यक्ष दीपक भट्राईको तालुमा फेरी आलु फल्ने सम्भावना देखिएको छ ।

पार्टी एकीकरणका क्रममा तत्कालिन फोरमलाई उपसभापति दिने एक किसिमको सहमति भएको हुँदा भट्राई पनि तनहुँ काग्रेसको उपसभापति बन्ने सम्भावना बढी देखिएको छ । त्यसमा पनि तनहुँ काग्रेसमा उपसभापति पद रिक्त रहेको अवस्था छ । जसले गर्दा झन भट्राई उपसभापति बन्ने सम्भावना बढी देखिन थालेको छ ।यसैबीच भट्राई उपसभापति बन्नका लागि केही दिन अगाडि राजधानी गएर कसरत गरेको समेत बुझिएको छ ।यता केन्द्रीय कार्यालयले चैत्र मसान्त भित्र १३ औं महाधिवेशन पछि एकीकरण भएका पार्टीका जिल्ला तहको विवरण बुझाउन पत्रचार समेत गरेको छ ।

 
 
 
shares