Sharing is caring!

दमौली २० पुस । सिहदरबारको अधिकार गाउँमा आए सगै स्थानीय तहहरुमा संसदीय अभ्यास गरिन थालिएको छ ।

यसैक्रममा शुक्रबार तनहुँको बन्दिपुर गाउँपालिकाले संघीय संसदको झल्को दिने हिसाबले शुक्रबार गाउँपालिकाको बैठक प्रारम्भ गरेको छ । जुन बैठकको दृश्य हेर्दा संघीय संसदको भन्दा कुनै भिन्न देखिदैन थियो । उक्त बैठकमा गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष र सदस्यहरुको आसन ग्रहण समेत संघीय संसदको बैठककै हिसाबले राखिएको थियो । जुन बैठक हलमा कर्मचारी ,राजनीतिक दलका प्रतिनिधी र सञ्चारकर्मीहरुलाई समेत सहभागी गराईएको थियो । जब गाउँपालिकाका अध्यक्ष पूर्ण सिं थापा बैठक हल भित्र प्रवेश गरे लगत्तै बैठक हलमा राष्ट्रिय गानको धुन बजेको थियो । हलमा उपस्थित सबै आ—आफ्नो ठाउँबाट उठेका थिए र त्यसपछि गाउँपालिकाका अध्यक्ष पूर्ण सिं थापाले गाउँ सभाका सदस्य दानबहादुर थापालाई सार्वजनिक महत्वको विषयमा धारणा राख्ने समय दिएका थिए । त्यसपछि थापाले रोष्ट्रमा पुगेर आफ्नो धारणा राखेका थिए । त्यस्तै बैठकमा गाउँपालिकाकी उपाध्यक्ष करुण गुरुङगद्धारा प्रस्तुत गरिएको संशोधित आर्थिक विधेयक समेत पारित भएको थियो ।

त्यसैगरी बैठकमा गाउँ सभाका अध्यक्षको अनुमति सगै विभिन्न समितिकाका सभापति र सदस्यहरुले प्रस्ताव राखेका थिए भने बोर्ड सदस्यहरुले सर्मथन समेत गरेका थिए ।संघीय संसदको झल्को दिने हिसाबले प्रारम्भ भएको गाउँ सभा बैठकले २१ वटा कानुन पारित गरेको छ ।
गाउँ सभा बैठक व्यवस्थित ढंगले सञ्चालन गर्र्नका लागि संसदीय अभ्यासको सिको गरिएको बन्दिपुर गाउँपालिका प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए । यसरी बैठक सञ्चालन गर्दा गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष ,बोर्ड सदस्य देखि अन्य सदस्यहरु समेत जिम्मेवार ढंगले प्रस्तुत भएको आफूले पाएको समेत लम्सालले बताए । संसदीय अभ्यासले गरिएको गाउँ सभा बैठकले देशभरिका स्थानीय तहहरुमा राम्रो सन्देश जाने अपेक्षा गरेको समेत लम्सालले बताए ।

 
 
 
shares