Sharing is caring!

नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपालमा वाह्य शक्तिको षडयन्त्र बढ्दै जान थालेको बताएका छन् ।

खासगरी नेपालको सनातन देखि चलि आएको हिन्दु धर्म सस्कृति माथि प्रहार गर्ने हिसाबले षडयन्त्र बढ्दै गईरहेको पूर्वमन्त्री भण्डारीको भनाई रहेको छ । यस किसिमको षडयन्त्र प्रति नेपाली जनता सचेत हुनुपर्ने बेला आएको के.स.भण्डारीको भनाई रहेको छ । अन्यथा सिङगो मुलुकको अस्मिता नै धरापमा पर्ने पूर्वमन्त्री भण्डारीको भनाई रहेको छ । सो कुरा पूर्वमन्त्री भण्डारीले भानु नगरपालिका वडा नं १ मा पैरो टोलको नव निर्मित भवनको उद्घाटनका क्रममा बताएका हुन ।

त्यसक्रममा पूर्वमन्त्री भण्डारीले शिक्षा ,स्वास्थ्य ,खानेपानी र सडक लगायत अन्य क्षेत्रको विकासमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए । भानु नगरपालिका क्षेत्र विकास हिसाबले निकै सम्भावना बोकेको क्षेत्र भएको हुँदा यस क्षेत्रमा मेडिकल कलेज स्थापनाका लागि आफूले पहल गरिरहेको पूर्वमन्त्री भण्डारीको भनाई थियो ।

 
 
 
shares