Sharing is caring!

मध्यनेपाल ३ चैत । नेपाली काग्रेसका महासमिति सदस्य एवं मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेश पाण्डेले नेत्र विक्रम चन्द नेतृत्वको विल्लव नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएसगै अर्को माओवादी जन्मने खतरा बढ्दै गएको बताएका छन् ।

अर्को माओवादी जन्मनु भनेको मुलुकलाई द्धन्द्धका खाडलमा धकेलिनु हो पाण्डेले भने । सेतीमादी दैनिक संगको कुराकानीका क्रममा पाण्डेले सो कुरा बताएका हुन् । विप्लव नेतृत्वको नेकपालाई वार्ताको टेबलमा ल्याउनु पर्नेमा समेत पाण्डेले जोड दिएका छन् । त्यसका लागि सरकार गम्भीर हुनुपर्ने पाण्डेको भनाई रहेको छ ।त्यस्तै पाण्डेल विप्लव नेतृत्वको नेकपालाई हिंसात्मक गतिविधी छाडेर शान्तिको बाटोमा आउन समेत आग्रह गरेका छन् ।

 
 
 
shares