Sharing is caring!

दमौली १४ पुस । पूर्वमन्त्री शंकर भण्डारी आइतबार गृह जिल्ला आउँदै छन् ।

पूर्वमन्त्री भण्डारी ज्योती तमु आमा समूह तथा सम्पूर्ण तमुहरु द्धारा भानु १० ,चोक चिसापानी कालिमाटीमा ल्होसारका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनका लागि गृह जिल्ला आउन लागेका हुन् ।आइतबार ल्होसारको कार्यक्रममा सहभागी भएपछि भण्डारी सोमबार पार्टीको केन्द्रीय कार्यक्रम अनुसार लमजुङ जाँदै छन् ।लम्जुङको कार्यक्रममा सहभागी भएपछि तनहुँ क्षेत्र नं २ को कार्यक्रममा सहभागी हुने र शुक्लागण्डकी महोत्सवको समापनका अवसरमा सहभागी हुने कार्यक्रम समेत रहेको छ ।

 
 
 
shares