Sharing is caring!

दमौली २ चैत । भानु नगरपालिका वडा नं ११ जामुने स्थित सिर्जनशिल आमा समूहको भवन निर्माण कार्य सम्पन्न भएको छ ।

कुल ४ लाख ७ हजार ८ सय रुपैयाँको लागतमा उक्त निर्माण गरिएको हो । यसैबीच आमा समूहको उक्त नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले उद्घाटन गरेका छन्। सो अवसरमा बोल्दै पूर्वमन्त्री भण्डारीले महिलाहरु दबिएर बस्ने दिनको अन्त्य भईसकेको हुँदा महिलाहरु समेत राजनीति लगायत सामाजिक क्षेत्रको नेतृत्वदायी भूमिका आउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै लोकतन्त्र प्राप्तपछि महिलाहरुले महत्वपूर्ण अवसर पाएको पूर्वमन्त्री भण्डारीको भनाई थियो।

भवन उद्घाटन समारोहमा नेपाली काग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल , भानु नगरपालिकाका प्रमुख उदयराज गौली लगायतले बोलेका थिए ।

 
 
 
shares