Sharing is caring!

दमौली २८ माघ । पूर्वमन्त्री शंकर भण्डारी वनमन्त्री रहँदा बनेको ऐन अनुसार वन्य जन्तु पाल्न र बेच्ने पाइने भएको छ ।

पूर्वमन्त्री भण्डारीको कार्याकालमा वन ऐन, राष्ट्रिय निकुञ्ज ऐन , साइटिस ऐन पास भएको थियो । पास भएको ऐन अनुसार सामुदायिक ,सहकारी र निजी क्षेत्रले वन्य जन्तुको पालन ,प्रजनन, वेचविखन लगायतका कार्यहरु गर्न पाउने छन् । यसैबीच आफ्नो कार्यकालमा पास भएको ऐनलाई कार्यान्वयनमा ल्याउन लागेकोमा पूर्वमन्त्री भण्डारीले खुसी व्यक्त गर्दे सरकारलाई धन्यवाद दिएका छन् । यो ऐन कार्यान्वयनमा आएसगै वन्य जन्तुको पालन र विक्रिबाट मुलुक ठूलो फाइदा लिन सक्ने पूर्वमन्त्री भण्डारीको भनाई रहेको छ ।

 
 
 
shares