Sharing is caring!

दमौली ५ पुस । पूर्वमन्त्री आशा कोइराला माथि आर्थिक घोटला गरेको आरोप लागेको छ ।

पूर्वमन्त्री कोइराला माथि समाज कल्याण परिषदको आर्थिक विषयमा घोटला गरेको आरोप लागेको हो । पूर्वमन्त्री कोइराला सहित पूर्वमन्त्री विक्रमबहादुर थापा , परिषदका उपाध्यक्ष निलमणि बराल, तत्तकालिन सदस्य सचिव समेत रहेका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव डिल्लीप्रसाद भट् र कोषाध्यक्ष वीरवहादुर ठगुन्नालाई आर्थिक घोटला गरेको आरोप लागेको छ ।

आरोपितहरु विरुद्ध कार्वाहीका लागि विशेष अदालतका पूर्व न्यायधीश मोहनरमण भट्राईको अध्यक्षमा गठित जाँचबुझ आयोगले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रतिवेदन बुझाउँदै छानविनका लागि सिफारिस गरेको छ । समितिले अख्तियार दुरुपयोग अनुसन्धान मार्फत छानविन प्रक्रिया अगाडि बढाउन समेत सुझाव दिएको छ । समितिले कोइराला सहित अन्यलाई समाजकल्याण परिषद र त्यस मातहतको भृकुटी मण्डपको घर जग्गा भाडा लगायत भोग चलन गर्न दिने विषयमा आर्थिक घोटला गरेको आरोप लगाएको छ ।

यसैबीच पूर्वमन्त्री कोइरालाले आफूले आर्थिक घोटला गरेको भनि लगाइएको आरोपको कुनै सत्यता नभएको बताएकी छन् । कोइरालाको नाम जोडेर आर्थिक घोटला सम्बन्धी समाचार विभिन्न सञ्चार माध्ययमा प्रकाशित र प्रशारण भएसगै पूर्वमन्त्री कोइरालाले सामाजिक सञ्जाल फेसबुक मार्फत सो प्रतिक्रिया दिएकी हुन् । पूर्वमन्त्री कोइरालाले फेसबुक मार्फत समाचार सनेकै भरमा गलत धारणा नबनाउन र वास्तविकता पर्खन आग्रह समेत गरेकी छन् । पूर्वमन्त्री कोइरालाले आफू मन्त्री हुँदा टुकुचा तरकारी बजार व्यवस्थापन र समाज कल्याण परिषदको आय व्यवस्थापन संग सम्बन्धित एउटा मात्र निर्णय भएको र निर्णय समाज कल्याण परिषद र सम्बन्धित व्यवसायी दुबै पक्षको हितमा रहेको बताएकी छन् । त्यस्तै कोइरालाले छानबिनको माग गर्नु अस्वभाविक नभएको तर यसले आम जनमानसमा पारेको नकारात्मक असरको परिणामको जवाफदेही को हुने भनी प्रश्न समेत गरेकी छन् । त्यस्तै पूर्वमन्त्री कोइरालाले कसैको इन्ट्रेस्टमा आफ्नो चरित्र हत्या गर्न गरिएको समेत बताएकी छन् । साथै पूर्वमन्त्री कोइरालाले यो प्रकरण अगाडि बढेको भए निष्पक्ष छानविनका लागि सम्बन्धित निकायलाई अनुरोध समेत गरेकी छन् ।

 
 
 
shares