Sharing is caring!

दमौली २१ जेठ
तनहुँ काग्रेसले पहिलो चरणको जागरण अभियानको समापनका अवसरमा दमौलीमा विशाल शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।
काग्रेसको जागरण अभियानको पहिलो चरणको समापन यही २५ गते समापन हुँदैछ । शक्ति प्रदर्शन सहित समापनको तयारी गरेको तनहुँ काग्रेसले उक्त दिन जिल्लाका १० वटै स्थानीय तहबाट ठूलो संख्यामा कार्यकर्ता दमौली उतार्ने तयारी गरेको छ । त्यसका लागि पार्टी तथा भातृसंगठनका प्रमुखहरुलाई सर्कुलर गरिसकिएको अवस्था छ ।
यसैबीच जेठ २५ गते हुने समापनमा व्यास नगरपालिका क्षेत्रबाट उल्लेख्य संख्यामा कार्यकर्ता उतार्ने नेपाली काग्रेस व्यास नगर समितिका सभापति शान्तिरमण वाग्लेको भनाई रहेको छ । सोही अनुरुप नगर समितिले प्रचार प्रसार देखि अन्य तयारी गरेको समेत नगर सभापति वाग्लेको भनाई रहेको छ ।

 
 
 
shares