Sharing is caring!

सेतीमादी संवाददाता
दमौली २० पुस

काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठक पछि काग्रेस पार्टीमा पार्टी सभापति शेरवहादुर देउवा र आफ्नो गुट मत्थर भएको हुँदा कार्यकर्ताहरु समेत सोही हिसाब संगठनमा जुट्न आग्रह गरेका छन् ।

महासमिति बैठक अगाडि पार्टी भित्र देउवा गुट र पौडेल गुट छ भन्ने कार्यकर्तालाई आभाष थियो महासमिति बैठक पछि त्यो पुरै मत्थर भएको वरिष्ठ नेता पौडेलले भने । वरिष्ठ नेता पौडेलले नेपाली काग्रेस व्यास नगरसमितिका पदाधिकारी र वडा सभापतिहरुसंगको भेटघाटका क्रममा बिहिबार सो कुरा बताएका हुन् । महासमिति बैठकले विश्वकै उत्कृष्ट विधान पारित गरेको हुँदा अबको काग्रेस कार्य समिति लोकतान्त्रिक कार्य समिति बन्ने समेत वरिष्ठ नेता पौडेलको जिकिर रहेको थियो ।

त्यस्तै भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले आगामी निर्वाचनमा आफू चुनाव लडेपनि नलडेपनि जनता माँझ जान भने नछाड्ने बताएका थिए । म जनता माँझ जाँदै गर्दा फेरी चुनाव लड्छ भनेर कोही अत्तालिनु पर्देन पौडेलले भने । त्यस्तै भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले आफ्ना लागि पार्टी भित्र कोही नजिकको र पराई नभएको समेत बताएका थिए । म माथि नातावाद र कृपावाद गर्यो भन्ने आरोप छ । त्यो सरासर झुट हो । मेरा सम्बन्धी आफ्नै क्षमताले पुर्ननिर्माण प्राधिकरणका सिइओ हुनभएको मेरा सम्धी भएको नाताले होइन पौडेलले भने । त्यस्तै सुशिल कोइराला लण्डन जाँदा छोराको क्षमता देखेर नेपाल बोलाएर गरीबि निवारण कोषमा जिम्मेवारी दिइएको समेत पौडेलको जिकिर थियो । मेरो नाम जोडिएर नेपालमा काम गर्ने अवसर नपाएर विदेशिन छन् कि त्रास समेत आफूलाई हुन थालेको पौडेलको भनाई थियो ।

त्यस्तै भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले आफूले पार्टीको राजनीतिमा परिवारबाट कुनै उत्तराधिकारी जन्माउने सोच नरहेको समेत बताएका थिए । त्यसक्रममा अघिल्लो बर्षको प्रदेश सभा निर्वाचनमा पार्टीका केही साथीहरुले छोरालाई उचालेर लम्जुङबाट दरखास्त हालेको जानकारी पाउँने बित्तिकै आफूले निकाल्न लगाएको बताएका थिए । त्यस्तै भेटघाटका क्रममा नेता पौडेलले काग्रेसलाई सिध्याएर लोकतन्त्र नै सिध्याउने ग्राइण्ड डिजाइन भईरहेको हुँदा काग्रेस सिध्याउन खोज्नेहरु देखि सचेत हुनुपर्नेमा जोड दिएका थिए । त्यस्तै वरिष्ठ नेता पौडेलले तनहुँमा समेत काग्रेसलाई कमजोर पार्ने खेल भईरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । कार्वाहीका लागि सिफारिस गरिएका पूर्व सह—महामन्त्री गोविन्दराज जोशी प्रति लक्षित गर्दे पौडेलले व्यक्ति रोज्ने कि पार्टी रोज्ने भन्ने बेला आएको बताएका थिए । व्यक्तिको पछाडि लाग्ने कहिल्यै पनि काग्रेस हुन नसक्ने पौडेलको भनाई थियो । त्यसैगरी नेता पौडेलले पार्टीका निर्वाचित जनप्रतिनिधीहरुले पार्टीसंग समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै कार्यवाहक जिल्ला सभापति आफूले सन्तान जन्माए भन्दैमा तिनिहरुको हत्या गर्न अधिकार कुनै पनि अभिभावकलाई नहुने हुँदा पूर्व सह—महामन्त्री जोशी तनहुँ काग्रेसको अग्रज भएपनि उनलाई पार्टी संगठन कमजोर बनाउने अधिकार नभएको बताएका थिए । जोशी पक्षको भ्रमका पछाडि नलाग्न समेत कार्यवाहक सभापति आलेले अपिल गरेका थिए ।

भेटघाट कार्यक्रममा नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोला, पूर्व सचिव समुन्द्र गोदार, जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रा पौडेल, नेपाली काग्रेस व्यास नगर समितिका सह—सचिव डम्बर अधिकारी लगायतले बोलेका थिए । भेटघाट कार्यक्रम सचिव चुडामणि दाहालको सभापत्विमा भएको थियो । सो अवसरमा वडाका सभापति एवं प्रतिनिधीहरुले वडामा पार्टीले निर्वाह गरेको भूमिकाको विषयमा जानकारी गराएका थिए ।

 
 
 
shares