Sharing is caring!

दमौली २८ माघ । तनहुँको सदरमुकाम दमौली स्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तीन दिन मनाईने भएको छ ।
विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए अनुसार महोत्सव फागुन ५ ,६ र ७ गते हुनेछ । प्रधानाध्यापक बस्नेतका अनुसार स्वर्ण महोत्सवमा खेलकुद , पूर्व विद्यार्थीको पुर्नमिलन , सम्मान र विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिने भएको छ । यसैबीच स्वर्ण महोत्सव सफल बनाउनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरैको संयोजकत्वमा १ सदस्यीय मूल समारोह समिति समेत गठन गरिएको छ ।
स्वर्ण महोत्सवमा भव्य र सभ्य रुपमा मनाईने तयारी भईरहेको विद्यालयका प्रधानाध्यापक बस्नेतले बताए ।

 
 
 
shares