Sharing is caring!

आजको बिहानीले २०७५ लाई बिदाई गरी २०७६लाई स्वागत गरेको छ । यो घडीमा सेतीमादी दैनिक यस दैनिकका सम्पूर्ण पाठकवर्ग , विज्ञापनदाता र शुभचिन्तकलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । यिनिहरुका अलवा निर्वाचित जनप्रतिनिधी ,राजनीतिक दल ,सरकारी कर्मचारी ,विभिन्न संघसंस्थाका प्रतिनिधी र आम सर्वसाधारणलाई समेत सेतीमादी दैनिक परिवार नववर्ष २०७६ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

नेपाली जनताले २०७५लाई बिदाईलाई नयाँ बर्ष २०७६लाई स्वागत गर्दे गर्दा बिदाई भएर गएको २०७५लाई एक फर्केर हेर्नु जरुरी छ । किनकि बिदाई भएर गएको २०७५लाई आधार मानेर २०७६ मा मुलुक र मुलुकबासी नयाँ ढंगबाट अगाडि बढ््ने जमर्को गर्नुपर्दछ ।तबमात्र मुलुक समृद्धि तर्फ अगाडि बढ्न सक्दछ । राजनीतिक हिसाबले हेर्ने २०७५ लाई नेपाली जनताले निकै आशा र भरोसाका साथ हेरेका थिए । आशा र भरोसाका साथ हेर्नु स्वभाविक पनि थियो किनकि २०७५ प्रारम्भ हुँदै गर्दा मुलुकले दुई तिहाईको सरकार पाएको थियो । संसदीय अम्यासमा दुईतिहाईको सरकार अत्यन्त शक्तिशाली मानिन्छ ।जसले मुलुकलाई सहि दिशा तर्फ लैजान कुनै समस्या पर्देन ।तर केपी ओली नेतृत्वको दुई तिहाईको सरकार प्रति २०७५मा जनताले जुन अपेक्षा गरेका थिए सो अनुरुप काम हुन नसकेको अनुभूति जनताले गरिराखेको अवस्था छ । सवाल संघीय सरकारको मात्र होइन प्रदेश र स्थानीय सरकारबाट समेत जनताले अपेक्षा गरे हिसाबले काम नभएको भन्दै जनताले आलोचना गरिरहेको अवस्था छ ।


त्यस्तै २०७५ मा तत्कालिन विद्रोही शक्ति माओवादीको एक हिस्सा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधी समेत आम सर्वसाधारणलाई एक किसिमको त्रास उत्पन्न गर्ने कार्य गर्यो ।यद्यपी सरकारले प्रतिबन्ध लगाएसगै हिसांत्मक गतिविधी केही कमि आएको अनुभूति गरिएको अवस्था छ ।तर यो विषयलाई राजनीतिक हिसाबले समाधान नगरिदाँ सम् मभने जनता ढुक्क भएर बस्न सक्ने अवस्था देखिदैन । आशा गरौं, २०७५ मा राजनीतिक ढंगल समाधान हुन नसकेको यो विषय अवश्य पनि २०७६ मा समाधान हुनेछ । यिनिहरुका अलावा २०७५मा काग्रेसका ७ सय भन्दा बढी महासमिति सदस्य र राप्रपा नेपाल लगायतका राजनीतिक दलहरुले उठाएको हिन्दू राष्ट्रको मुद्धा समेत त्यतिकै ओझेल परिरहेको अवस्था छ । नेपाल र नेपालीका अस्तित्व संग यो विषयमा राज्य र काग्रेस पार्टीको धारणा कस्तो रहन्छ त्यो पनि २०७६ मा देखिनेछ । यि विषयका अलावा प्रधानन्याधिश नियुक्तीको विषय ,केन्द्र र प्रदेश सरकार बीच मतभेद , भेनजुयला प्रकरणमा सत्ता पक्षभित्र मतभेद ,अख्तियारका आयुक्त राजनारायण पाठक भष्ट्रचार मुद्धामा मुछिएका घटनाक्रम अग्रंपक्तिमा रहे ।त्यस्तै पृथकतावादी नारा लिएर हिडेका सिके राउत मूल धारमा आएको घोषणा गरेर राजनीतिकको मूलधारमा आएका छन् ।त्यसलाई नेपाली राजनीतिक क्षितिजमा सकारात्मक हिसाबले हेरिनु पर्दछ । तर २०७५ को अन्तिममा बारा र पर्सामा गएको विनासकारी हावाहुरीले जुन जनधनको क्षति पुरयायो त्यो भने अत्यन्त दुःखद पक्ष रहयो । जसले सिङगो मुलुक र मुलुकबासीलाई मर्माहित बनाएको अवस्था छ ।

समग्रमा भन्नुपर्दा २०७५ नेपाल र नेपाली जनताका लागि त्यति सुःखद रहेन ।तसर्थ आगामी नयाँ बर्षले मुलुक र मुलुकबासीका लागि समृद्ध बनाउन सफलहोस् हाम्रो तर्फबाट नयाँ बर्ष २०७६को शुभकामना ।

 
 
 
shares