Sharing is caring!

दमौली २३ जेठ
नेपाली कांग्रेस देवघाट गाउँपालिका कार्यसमितिको आयोजनामा बुधबार देवघाटमा जागरण अभियान सम्पन्न भएको छ।
सो जागरण अभियानमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीले कांग्रेसको जागरण अभियानले सुदृढीकरण हुँदै जाने र आगामी दिनमा कांग्रेसको बहुमत आउने बताए । यो अभियानमा नेता तथा कार्यकर्ता सक्रिय भएर लाग्न समेत केन्द्रीय सदस्य जोशीले आग्रह गरेका थिए ।


सोही कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले पार्टीको संगठन गाउँ तहसम्म पुगेर गर्नुपर्ने बताएका थिए ।
त्यस्तै के.स. भण्डारीले कांग्रेसले ल्याएको लोकतन्त्रमा कम्युनिस्ट आफू रमाए पनि जनतालाई खुशी बनाउन नसकेको बताएका थिए । कम्युनिस्ट सरकारले सपना मात्र बाडेको र जनतालाई झुक्याउने काम गरेको के.स. भण्डारीको भनाई थियो । देवघाट गाउँपालिकाको पार्टी संयोजक प्रेम बहादुर गुरुङका सभापतित्वमा भएको कार्यक्रममा पार्टी सभापति वैकुण्ठ न्यौपाने, कार्यवाहक सभापति जितप्रकाश आले, पूर्व पार्टी सभापति रधुनाथ पौडेल, साविक क्षेत्र न.२ का सभापति राजेन्द्रप्रसाद श्रेष्ठ, तरूण नेता पूर्णबहादुर गुरुङ, महासमिति सदस्य आनन्दराज त्रिपाठी, देवघाट गाउँपालिका संयोजक लक्ष्मीभक्त खनाल र तिलबहादुर थापा लगायतले बोलेका थिए ।
सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई अविर र खादा लगाएर स्वागत गरिएको थियो ।

 
 
 
shares