Sharing is caring!

जब नयाँ बुहारीलाई घर भित्रिनु पर्छ
यो कदापि नहोस् सासु बाहिरिनु पर्छ

बुझ्नलाई यी जिन्दगीका परिभाषाहरु
कयौं पटक कठिन परिक्षाहरु दिनु पर्छ

साक्षात् भगवान त बाआमा हुन् बुझ्नु
उनैका चरण छोएर आशिष लिनु पर्छ

सिङ्गो सन्सार छ आफू भित्र धेरै ठुलो
बस् अन्तर्मनले सबैकुरा कल्पिनु पर्छ

गुनको बदलामा बैगुन तिर्नेलाई पनि
दु:खको घडीमा सबैले सम्झिनु पर्छ

यो देशको लागी मरे भनेँ नरुनु आमा
फेरी पनि मलाई यै देशमा जन्मिनु पर्छ

हिमा भुसाल ‘प्रकृति’
दाङ

 
 
 
shares