Sharing is caring!

दमौली ३ चैत ।
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको आयोजनामा दमौलीमा प्रथम मौलिक कौराहा प्रतियोगिता आयोजना गरिने भएको छ ।

प्रतियोगिता चैत २७ ,२८ र २९ गते गरी तिन दिन हुनेछ । सो कुराको जानकारी तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईले आइतबार पत्रकार सम्मेलन आयोजना गरि गराएको हो । मौलिक कौराहा संरक्षणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको एकाई सभापति राजकुमार श्रेष्ठ राकुले जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनमा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले समेत एकाईले आयोजना गर्न लागेको कार्यक्रम निकै सह्रानीय भएको बताएका थिए । साथै प्रतियोगितामा भाग लिन अध्यक्ष श्रेष्ठले आग्रह गरेका थिए ।

 
 
 
shares