Sharing is caring!

दमौली २८ माघ । तनहुँको सदरमुकाम दमौलीमा एक अनौठो क्षमता भएका युवा प्रकाश गिरी भेटिएका छन् ।

सदरमुकाम दमौली स्थित सत्यवती माध्यमिक विद्यालयमा क्यान्टिन सञ्चालन गर्दे आएका गिरी १ सय भन्दा बढी खुर्सानी खाएर पुनः निकाल्ने गर्दछन् । शुक्रबार यस्तै कार्य गरे यस्तो अनौठो कार्य गरे गिरीले ।

करिब १ सय ५० वटा खुर्सानी प्लेटमा राखेर उनी उपस्थित भए ।त्यसपछि थोरै पानी पिउदै खुर्सानी निल्न थाले । करिब ५० वटा खुर्सानी खाए लगत्तै गिरीले थोरै पानी पिए । त्यस लगत्तै उनले प्लेटमा राखिएको खुर्सानी खान थाले । यसरी खाँदै जाँदा प्लेटमा राखिएको सबै खुर्सानी सकियो । खुर्सानी खाएर सकिएको करिब ५ मिनेट सम्म उनी कुराकानीमा जुटिरहे ।त्यसपछि गिरीले खाएको खुर्र्सानी पेटबाट निकाल्न थाले ।त्यसरी निकाल्ने क्रममा पनि बीच बीचमा उनले पानी पिई रहेका थिए । केहीबेरमा उनले केही समय अगाडि खाएको खुर्सानी उनले सबै प्लेट राखेका थिए ।


३१ बर्षिय गिरी आफूले थाहा पाए देखि विभिन्न बस्तु खाए निकाल्ने गरेको बताउँछन् । सुरुमा गुच्चा र भात समेत खाएर निकाल्ने गरेको भएपनि पछिल्लो समय भने खुर्सानी खाएर निकाल्न थालेको बताउँछन् । त्यस्तै आजसम्म रहरका लागि खुर्सानी खाएर निकाल्ने गरेको भएपनि पछिल्लो समय पनि गिनिज बुकमा नाम दर्ता गराउने तयारी गरि रहेको गिरी बताउँछन् । हालसम्म कुनै पनि मेला महोत्सवमा आफ्नो अनौठो क्षमता देखाउन नपाएका गिरी अवसर पाए मेला महोत्सवमा यस किसिमको कार्य गरेर देखाउन समेत तयार रहेको बताउँछन् ।

 
 
 
shares