Sharing is caring!

दमोली २ वैशाख । गर्मी याम सुरुभए सगै दमौलीबासी अघिल्लो बर्ष आफ्ना बालबालिकालाई स्वीमिङ गराउनका लागि दुलेगौंडा, ढाब ,पोखरा ,चितवन र काठमाण्डौं लगायतका स्थानहरुमा जाने गर्दथे ।

तर यसबर्ष देखि भने दमौलीबासी स्वीमिङकै लागि भनेर अन्यत्र जान ुनपर्ने भएको छ । व्यास ४ स्थित पुलचोक(सिमलटार)मा स्वीमिङ पुल निर्माण भएसगै दमौलीबासी स्वीमिङका लागि अन्यत्र जानु नपर्ने भएको हो । दमौलीबासीको मागलाई मध्यनजर गर्दे स्वीमिङ पुल निर्माण गरिएको बाराही फेमिली रिर्सोटका प्रोपाइटर सुरज सागर कुमालले बताए । स्वीमिङ पुलको निर्माण कार्य अन्तिम चरणमा रहेको र बैशाख महिना भित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको समेत प्रोपाईटर कुमालले बताए ।

दमौलीमा स्वीमिङ पुलको व्यापक माग भएको हुँदा आफूहरुले सञ्चालनमा ल्याएको प्रोपाइटर कुमालले बताए । बच्चा देखि प्रौढलाई लक्षित गरि स्वीमिङ पुल निर्माण गरिएको समेत कुमालले बताए ।

 
 
 
shares