Sharing is caring!

दमौली ६ वैशाख । विप्लव नेतृत्वले आव्हान गरेको नेपाल बन्दका क्रममा विहिबार जिल्लाका विभिन्न स्थानमा शंकास्पद बस्तु भेटियो ।
यसक्रममा सदरमुकाम बिहिबार बिहान करिब ११ बजे तिर भोर्लेटार नजिकै रहेको सहिद गेट नजिक जेब्रा झोला भित्र प्रेसर कुकरमा तार जोडेर राखिएको सामाग्री भेटिएको थियो ।यद्यपी सामाग्री विस्फोटक पदार्थ नभएको सुरक्षाकर्मीले जनाएको छ । शंकास्पद बस्तु भेटिएको जानकारी पाउने बित्तिकै पुगेको सुरक्षाकर्मीको टोलीले अवलोकन गरी विस्फोटक पदार्थ नभएको निष्कर्ष निकाली शंकास्पद बस्तु टिपेर लगेको थियो ।


त्यसैगरी दमौली बजार पारी पट् िरहेको झाँपुटारको जंगलमा सिलिण्डर जलेको अवस्थामा भेटिएको थियो । त्यस्तै बन्दीपुर गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा समेत शंकास्पद बस्तु भेटिएको र ति शंकास्पद बस्तुलाई सुरक्षाकर्मील निष्क्रिय पारिएको बुझिएको छ ।
यता विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दलाई मध्यनजर गर्दे सदरमुकाम दमौली लगायत जिल्लाका प्रमुख बजारहरुमा विहानै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको अवस्था छ । सुरक्षाकर्मीहरुले सदरमुकाम दमौली लगायतका अन्य स्थानहरुमा कडा सुरक्षा प्रदान गरिरहेका छन् । यसैबीच विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दको प्रभाव तनहुँमा बिहानै देखि परेको छ । बन्दका कारण बजार तथा शिक्षण संघ संस्था खुलेका छैनन भने सवारी साधान समेत छिटफुट रुपमा मात्र चलेका छन् । एम्बुलेन्स , फोहोर र सञ्चार गृहका सवारी साधानहरु भने निर्वाध रुपमा सञ्चालन भईरहेको अवस्था छ ।

 
 
 
shares