Sharing is caring!

दमौली १७ माघ । तनहुँ जिल्ला अदालतको न्याय सम्पादन माथि पनि प्रश्न चिन्ह उब्जिन पुगेको छ ।

खासगरी जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्याय समेत निलम्बित भएसगै तनहुँ जिल्ला अदालतको न्याय सम्पादन माथि प्रश्न चिन्ह उब्जिन पुगेको हो । जिल्ला न्यायाधीश उपाध्याय माथि न्याय परिषदले न्याय सम्पादन गर्दा आर्थिक लेनदेन गरेको आरोप लगाउँदै निलम्बन गरेपछि तनहुँ जिल्ला अदालतको न्याय सम्पादन माथि प्रश्न चिन्ह उब्जिन पुगेको हो । यद्यपी न्यायाधीश उपाध्यायले तनहुँ जिल्लामा कार्यरत रहँदा सम्पादन गरेको मुद्धाको विषयलाई लिएर निलम्बन परेका हुन् कि यस अगाडि कार्यरत रहेका ठाउँहरुमा न्याय सम्पादन गर्दाको विषयलाई लिएर उनी निलम्बित परेका हुन् त्यो भने स्पष्ट हुन सकेको छैन । न्याय परिषदले न्यायाधीश उपाध्यायको शैक्षिक प्रमाणपत्रमा समेत कैफियत देखिएको उल्लेख गरेको छ ।

यता न्यायाधीश उपाध्याय सगै न्याय परिषदले ललितपुरका न्यायाधीश विश्वमंगल आत्रेयलाई समेत निलम्बन गर्ने निर्णय गरेको छ । परिषदका सूचना अधिकारी टेकनाथ गौतमले न्यायाधीशद्धयलाई निलम्बन सिफारिस गरिएको स्वीकार गरेका छन् ।

 
 
 
shares