Sharing is caring!

दमौली ३ जेठ । सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकको विरुद्धमा तनहुँका सञ्चारकर्मीहरु विरोध प्रर्दशनमा उत्रिएका छन् ।

विरोध प्रर्दशनमा उत्रिएका तनहुँका सञ्चारकर्मीहरुले शुक्रबार बिहान प्रशासन चोक देखि मुख्यचोक सम्म विरोध रयाली प्रर्दशन गरेका थिए ।साथै सञ्चारकर्मीहरुले सफा सडकमा सञ्चार सामाग्री प्रर्दशन गरेर विरोध प्रर्दशन समेत गरेका थिए । सो कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रदीप काफ्ले सञ्चार क्षेत्रको गला निमोठ्ने हिसाबले ल्याउन लागेको विधेयक कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका थिए ।साथै यो विधेयकको विरुद्धमा पत्रकारहरु जस्तो सुकै चुनौती सामना गर्न समेत तयार रहेको बताए थिए ।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु डम्बर अधिकारी ,प्रकाशचन्द्र भट्राई , उपाध्यक्ष नारायण खड्का र सचिव उज्वल पौडेल लगायतले बोलेका थिए ।

 
 
 
shares