Sharing is caring!

डुम्रे २ जेठ । काग्रेसको जागरण अभियान अन्र्तगत बिहिबार डुम्रेमा क्षेत्रीय भेला आयोजना गरियो ।

सो भेलालाई सम्बोधन गर्दे काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र सुधारको आवश्यकता रहेको बताएका थिए । साथै वरिष्ठ नेता पौडेलले पार्टी भित्र अनुशासन र एकताको खाँचो रहेको समेत बताएका थिए ।त्यस्तै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार अधिनायकवादी पथमा अगाडि बढेको हुँदा काग्रेसले खबरदारी गर्नुपरेको बताएका थिए । साथै वर्तमान सरकारले संस्थागत रुपमा भ्रष्टचार गरेको समेत वरिष्ठ नेता पौडेलको भनाई थियो । सोही अवसरमा बोल्दै केन्द्रीय प्रतिनिधी नविन्द्रराज जोशीले जनताको माग र चाहना बुझ्न पार्टीले जागरण अभियान अगाडि बढाएको बताएका थिए । सोही कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले आगामी चुनावमा जनताले काग्रेसलाई पहिलो पार्टी बनाउने बताएका थिए । दुई तिहाईको वर्तमान सरकारले झुटको राजनीति बाहेक अरु केही नगरेको के.स. भण्डारीको भनाई थियो ।

क्षेत्र नं १ का क्षेत्रीय कार्यवाहक सभापति काशीराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सभापति रघुनाथ पौडेल , नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने ,कार्यवाहक सभापति जितप्रकाश आले , महासमिति सदस्य रामचन्द्र अधिकारी , साविक क्षेत्र नं १ का सभापति उदयराज गौली ,क्षेत्रीय संयोजक सहदेव अधिकारी र सचिव नहकुल अधिकारी लगायतले बोलेका थिए ।

 
 
 
shares