Sharing is caring!

दमोली ३ वैशाख । पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दे नेपाल पत्रकार महासंघ तनहुँ शाखाले मंगलबार जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएको छ ।

महासंघले आधा घण्टा दिएको थियो ।धर्ना कार्यक्रममा जिल्लामा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यले संविधानमा पूर्ण प्रेस स्वतन्त्र उल्लेख गरिएपनि व्यवहार हुन नसकेको बताएका थिए ।साथै नियन्त्रणमा लिइएका गिरीलाई तत्काल रिहाई गर्नुपर्ने आचार्यको भनाई रहेको थियो । सोही कार्यक्रममा बोल्दै पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष डम्बर अधिकारीले राजा ज्ञानेन्द्रको निरङकुशताका विरुद्ध लडेको नेपाली प्रेस जगत अहिले आएर डनवाद र धनवादको विरुद्ध लड्नुपर्ने बेला आएको बताएका थिए । साथै निवर्तमान अध्यक्ष अधिकारीले गिरीलाई तत्काल रिहाई नगरिए पत्रकारहरुले आन्दोलनको आँधीबेहेरी सिर्जना गर्ने चेतावनी समेत दिएका थिए । धर्ना कार्यक्रममा प्रदेश सदस्य गोरा मियाँ , उपाध्यक्ष नारायण खड्का र सचिव उज्वल पौडेल लगायतले बोलेका थिए ।

 
 
 
shares