Sharing is caring!

दमौली २६ जेठ । शुक्लागण्डकी नगरपालिका वडा नं २ गाछेपानी स्थित पृथ्वीराजमार्गमा ट्रिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्युको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी आइतबा बिहान पौने ९ बजेको समयमा भिमादबाट हलेदी तर्फ जाँदै गरेको ग १ ख ७१७८ नम्बरको ट्रिपरले ठक्कर दिदाँ दुलगौडा निवासी कमल वि.क.को ज्यान गएको हो । ट्रिपरको ठक्करबाट घाइते वि.क.लाई स्थानीय तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । मणिपाल शिक्षण अस्पतालमा लैजानेक्रममा बिहान १० बजे मृत्यु हुन पगेको थियो ।


ट्रिपर र ट्रिपर चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।साथै यस घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 
 
 
shares