Sharing is caring!


विकास खनाल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशी सहकर्मी भएर पनि कहिल्यै सुमधुर सम्बन्ध बनाउन नसकेका बरू कटुतापूर्ण व्यवहार गर्दै आ–आफ्ना गुट चलाउन सक्रिय नेताका रूपमा आँफूलाई चिनाउँदै आएका नेताका रूपमा परिचित बन्दै आएका छन । र एकले अर्काको अस्तित्व स्वीकार्न नसक्ने अवस्थामा रहँदै कार्यकर्तालाई पनि दुइ चिरामा विभाजित गराइरहेका छन ।

कांग्रेसको लामो इतिहासलाई हेर्दा दुवै नेताले पञ्चायती राजतन्त्रका विरूद्ध धेरै पटक लडेका, जेल परेका साथै पार्टीबाट पनि थुप्रै पटक विभिन्न सुविधाका पदहरू लिइसकेका छन । अहिले पछिल्लो समय पौडेल पार्टीको वरिष्ठ नेता छन भने जोशी कुनै पदमा छैनन् र पनि दुई नेताको सम्बन्ध झन झन चिसिँदो अवस्थामा छ । यसैको पछिल्लो उदाहरण केही समय अगाडि कांग्रेस महासमिति बैठकमा जोशीलाई प्रवेश नदिइनु र त्यसैको झोकमा दमौलीमा आएर पत्रकार सम्मेलन गरि माग ८ गते विशेष जिल्ला अधिवेशन घोषणा गर्नु, त्यसको विरूद्धमा कांग्रेस कार्यवाहक सभापति जितप्रकास आलेद्वारा अवैध अधिवेशन भनेर बिज्ञप्ति निकाल्नु र त्यसको फेरि प्रतिवाद गर्दै आयोजक समिति संयोजक डिल्ली राम अधिकारीद्वारा वैध हो भनेर दोहोरि खेल्नुलाई लिन सकिन्छ । आखिर पार्टी भित्र यतिठूलो रडाको के का लागि किन र कसका लागि भैराखेको छ । यो बुझ्न आम कार्यकर्ता सकिरहेका छैनन । साथै यसले दुवैको हित नहुने अनि पार्टीलाई ठूलो क्षति बनाउने बिषयमा भने कार्यकर्ता एकमत छन र चिन्तित पनि । सबैलाई मिलाउने र मिल्ने वातावरण बनाउनु पर्नेमा नेतृत्व लिनेहरू बाटै जुँगाको लडाइँ लड्नाले कार्यकर्ता लाई निराश बनाएको र चिन्तित तुल्याएको पक्कै छ । यस्तो अवस्थामा सबै पक्ष बसेर समाधानको लागि पहल किन हुन सकिरहेको छैन रु छलफल गरेर समाधान नहुने कुरा यो संसारमा के छ र रु जतिसुकै ठूला समस्या पनि छलफलबाटै, वार्ताबाटै समाधान भैरहेका त छन नि । मैले यो लेखमा यिनै दुई नेता जो एकअर्कालाई ठूलो भएको देख्न चाहँदैनन् उनिहरूकै बारेमा बिगत कोट्याउने प्रयास गरेको छु ।

को हुन पौडेल

तनहुँको रिस्ति स्थित बाहुन पोखरामा २००१ सालमा जन्मेका रामचन्द्र पौडेल २०१७ सालमा बिपिलाइ राजा महेन्द्रले जेल हालेपछि १६ बर्षको उमेरमा राजनीतिमा होमिएका नेता हुन । पौडेल २०१८ सालमा नेपाली कांग्रेसद्वारा सञ्चालित शसस्त्र क्रान्तिमा सहभागिता जनाएका र २०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनको अभियन्ताको रूपमा समेत देखा परेका नेता हुन । त्यस्तै २०२३ सालमा सरस्वती क्याम्पस विद्यार्थी युनियनको सभापति निर्वाचित, २०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव निर्वाचित, २०२७ सालमा नेविसंघको स्थापनासँगै संस्थापक केन्द्रीय सदस्य, २०४० सालमा कांग्रेस केन्द्रीय प्रचार समिति संयोजक, २०४४ सालमा पार्टी केन्द्रीय सदस्य, २०४८ सालमा तनहुँ क्षेत्र नं। १ बाट संसद सदस्यमा निर्वाचित भई स्थानीय विकास मन्त्री, २०४९ सालमा स्थानीय विकास तथा कृषि मन्त्री, २०५१ सालको मध्यावधि निर्वाचनमा तनहुँ क्षेत्र नं। २ बाट संसदमा निर्वाचित र ५ बर्षको लागि प्रतिनिधि सभाको सभामुख, २०५६ सालमा तनहुँ निर्वाचन क्षेत्र नं। २ बाट संसदमा निर्वाचित, २०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सन्चार मन्त्री, २०६२ सालमा कांग्रेस महामन्त्री, २०६३ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री, २०६४ सालमा पार्टीको उपसभापति, २०६४ सालमै तनहुँ २ बाट चौथोपटक निर्वाचित, २०६५ सालमा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित, २०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाँचौपटक निर्वाचित भइ झण्डै ३ दशक संसदीय चुनावमा जितेर पनि पौडेल प्रधानमन्त्री चुनावमा १७ पटक पराजित भएका हुन । साथै सुशील कोइरालाको निधनपछि पार्टीको कार्यवाहक सभापति भए पनि सभापतिकै निर्वाचनमा भने उनी शेरबहादुर देउवा सँग पराजित हुन पुगे । त्यस्तै भावि प्रधानमन्त्रीको नारा दिएर २०७४ सालको निर्वाचनमा तनहुँ १ बाटै चुनाव लडेका पौडेल बाम गठबन्धन उमेदवार किसान श्रेष्ठ सँग पराजित हुन पुगे । यसरी हेर्दा पौडेल पटकपटक मन्त्री भए, पार्टीमा महामन्त्री र उपसभापति भए तर सरकार प्रमुख र पार्टी प्रमुख हुने चाहना एवं सपना भने अधुरै रहेको छ र त्यो पुरा हुन्छ हुँदैन भविष्यमा उनले खेल्ने भूमिका, गरिने व्यवहार र भाग्यले निर्धारण गर्ने छ ।

विपी र सुवर्ण शमशेरको अन्र्तसंघर्ष कै बेला देखि पार्टी भित्र सेतुको भूमिका खेलेका पौडेल विगत देखि वर्तमान सम्म कांग्रेस राजनीति भित्र समन्वयकारी र मध्यमार्गी भूमिकामा देखिन्छन् । पञ्चायती राजतन्त्रका बिरूद्ध संघर्षका क्रममा पटक पटक गरी १३ बर्ष जेल तथा १ बर्स नजरबन्द परेका पौडेलको राजनीतिक यात्रा अहिले झन्डै ६ दशक लामो पुगेको छ । यति लामो राजनीतिक यात्रा भएर पनि अथक रूपमा लागिपरेका पौडेल भ्रष्टाचारमा तथा गम्भीर विवादमा नमुछिएका नेताका रूपमा चिनिन्छन । तर यति हुँदाहुँदै पनि यिनलाई शीर्ष नेता भएर पनि उनको सोच र चिन्तन साँघुरो रहेको, राजनीतिक दाउपेचमा कमजोर रहेको, आँपूmप्रति निष्ठावानहरूलाई संरक्षण गर्न नसकेको कारणबाट यिनको पछि लाग्ने मान्छे धेरै हुँदैनन् भन्ने गरिँदै आएको छ र यसलाई पौडेलले सच्याउन सक्नुपर्छ । पौडेल सत्ता र शक्तिमा लामो समय सम्म रहँदा पनि तनहुँको विकास निर्माण र रोजगारी दिने विषयमा भने सोचेभन्दा चुकेका नेताका रूपमा हेरिन्छ । उनले जोशीको तुलनामा तनहुँको विकास निर्माणका काममा काम गर्न नसकेका हुन कि भन्ने तनहुँ बासिको बुझाई छ ।

को हुन जोशी 
तनहुँको रूपाकोटमा २००६ सालमा जन्मेका गोविन्द राज जोशी पनि विपीबाटै प्रभावित भइ कांग्रेसको राजनीतिमा विद्यार्थीकाल देखि अर्थात १५ बर्षको कलिलो उमेर देखिनै लागेका नेता हुन । २०२४ सालमा गण्डकी विद्यार्थी मञ्च र स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष, त्यसैसमयमा नेविसंघमा हुँदा जेल, २०२६ सालमा तरूण दलको तथा पार्टी जिल्ला कार्यसमितिको सदस्य, २०३० सालमा तनहुँ कांग्रेसको सचिव तथा उपसभापति भएका नेता हुन जोशी । त्यस्तै जोशी त्रिभुवन मावि तनहुँको संस्थापक प्र।अ।, जहाँ ६ वर्षसम्म भोलेन्टियरको रूपमा निशुल्क अध्यापन गराएका थिए । त्यसपछि शिव मावि रिसिङमा प्र।अ।, आदिकवि भानुभक्त क्याम्पसको संस्थापक कालमा २ वर्ष निशुल्क भोलेन्टियर सेवा गरेका थिए । १२ बर्ष सम्म वकिल पेशा सँगै तनहुँ बारको अध्यक्ष तथा पश्चिमाञ्चल बारको उपाध्यक्ष भएका नेता हुन । पञ्चायती राजतन्त्रको बिरूद्धको आन्दोलनका क्रममा ४ वर्ष जेल परेका जोशी हक्की र निर्णय गर्न सक्ने नेतामा गनिन्छन । कांग्रेस तनहुँको पार्टी कार्यलय तथा सानेपामा रहेको केन्द्रीय कार्यालय बनाउन महत्वपूर्ण भूमिका खेलेका जोशीले २०२५ सालदेखि तनहुँमा नेपाली कांग्र्रेसको संगठन निर्माण गरेका नेता हुन । २०४८ तथा ०५१ सालमा तनहुँ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित जोशी शिक्षा मन्त्री, गृहमन्त्री, खानेपानी तथा सरसफाइ मन्त्री, जलस्रोत, स्थानीय विकास, शिक्षा संस्कृति तथा समाजकल्याण मन्त्री भएका नेता हुन । ८ बर्ष पार्टीको केन्द्रीय सदस्य तथा १ कार्यकाल पार्टीको सहमहामन्त्री भएका नेता समेत हुन । सत्ता तथा शक्तिमा रहँदा जोशीले तनहुँमा भानुको सशस्त्र तालिम केन्द्रको स्थापना, दमौलीमा प्राथमिक शिक्षक तालिम केन्द्रको स्थापना, भिमादको प्राविधिक तथा व्यवसायिक तालिम केन्द्रको स्थापना, भानु जन्मस्थल विकास आयोजना, देवघाट विकास आयोजना, मदरसा विद्यालयको व्यवस्था लगायतका महत्वपूर्ण विकासका काम गरे । साथै शिक्षा क्षेत्रको विकासका लागि एकैपटक ४० वटा माध्यमिक विद्यालयको स्थायी स्वीकृतिसँगै विद्युतिकरणको क्षेत्रमा, सडक बिस्तारको क्षेत्रमा, खानेपानीको क्षेत्रमा, पुल निर्माणको क्षेत्रमा, टेलिफोन बिस्तार देखि सञ्चार बिस्तारको क्षेत्रमा, बन्दिपुरको पर्यटक बिस्तारको क्षेत्रमा, राम्रा र उदाहरणीय काम गरे । राजनीतिमा निकै चतुर खेलाडी मानिने जोशी शक्तिशाली र सत्ता सञ्चालनको केन्द्रबिन्दुमा रहिरहँदा उनलाई आफ्नै सहकर्मीहरू बाट भ्रष्टाचारको मुद्दा लगाएपछि उनको शक्ति क्रमश कमजोर बनेको पाइन्छ ।

अन्त्यमा 
नेता रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हुन भने गोविन्द राज जोशी एम।ए। बि।एल। र बि।इ।डि। पास गरेका नेता हुन । पौडेल ४ छोरी र १ छोराका पिता हुन भने जोशी २ छोरा र १ छोरीको पिता हुन । दुबै नेता लेखहरू प्रकाशित गर्ने र पुस्तकहरू छपाउने स्वभावका छन र प्रकाशित पनि भैराखेको छ । यसरी प्रजातान्त्रिक आन्दोलनका लागि लामो योगदान दिएका यी दुई नेताहरू अपवाद बाहेक सबैले मिलेको देख्न चाहन्छन् र पार्टीको गुमेको साख पुन पहिलेकै अवस्थामा आएको हेर्न चाहन्छन् । जसरी गएको निर्वाचनमा २ वटा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश क्षेत्र रहेको तनहुँमा नेताहरूको बेमेलले कांग्रेस क्लिन स्विप भयो त्यस्तो अवस्था अब नआओस दुबै नेतामा चेतना भया

 
 
 
shares