Sharing is caring!

दमौली २४ माघ । आँबुखैरेनी गाउँपालिका वडा नं ५ मा बुधबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार साँझ सवा ७ बजे ग २ च ३२७० नम्बरको जीप दुर्घटना हुँदा बन्दिपुर गाउँपालिका वडा नं ५ का ५० बर्षिय मनबहादुर गुरुङ र ५० बर्षिय भिमकुमारी गुरुङको मृत्यु हुन पुगेको छ । प्रहरीका अनुसार जीप अनियन्त्रित हुँदा उक्त दुर्घटना हुन पुगेको थियो । दुर्घटनामा परी घाइते भएकाहरुलाई थप उपचारका लागि पोखरा स्थित गण्डकी अस्पतालमा लगिएको छ ।

 
 
 
shares